बैङ्गलोर । बैङ्गलोर दक्षिणमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा तिजी कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
नगर महिला विभागको आयोजनामा सेप्टेम्बर १७, २०२३ आइतबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
केन्द्रीय सदस्य बालकृष्ण गायकको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य नरेशकुमार विक, क्षेत्रीय उपाध्यक्ष दशरथ विक, क्षेत्रीय सदस्य प्रमानन्द खडायत, पार्वती विक, मानबहादुर विक, महिला ज्येष्ठ सदस्य कलावती विक, ज्येष्ठ सदस्य दामोदर कोली र जगिराम विक, एकता मञ्चका वसन्तराज पौडेलको पनि आतिथ्य रहेको थियो ।
महिला विभाग सचिव चाँदनी विकको सञ्चालन र राजु विक को अध्यक्षता रहेको सो कार्यक्रममा दमयन्ती विक र रक्तिमका कलाकारहरूले स्वागत गर्नुभएको थियो ।