श्यामलाल पोखरेल,बुटवल ।
एनआइसी एशिया बैंकले बैंकका ग्राहकलाई बीमा रकम हस्तान्त्रण गरेको छ । चमत्कारी तथा सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत बीमा रकम हस्तान्त्रण गरेको हो । एनआइसी एशिया बैंक प्रदेश ५ को कार्यालयले पत्रकार भेटघाट गरी आफ्ना ग्राहकलाई बीमा बापतको रकम दिएको हो ।
बैंकका प्रदेश ५ का प्रमुख तिलक कार्कीले बैंकका ग्राहकलाई बीमा बापतको रकम प्रदान गर्नुभएको हो । विभिन्न रोगका कारण अस्पतालमा उपचार गराएका र दुर्घटनामा परेका बैंकका ग्राहकहरुलाई बीमा बापतको उपचार खर्च बैंकले उपलब्ध गराएको हो ।
रुपन्देहीको तिलोत्तमा २ जानकीनगरमा रहेको एनआइसी एशिया बैंक प्रदेश कार्यालयले अर्घाखांचीका विष्णुप्रसाद भुसाललाई १ लाख ३५ हजार, अर्घाखांचीकै बुद्विराम भुसाललाई १ लाख ५० हजार, नवलपरासी सुनवलका देउप्रसाद गुरुङलाई ४ लाख ९१ हजार २ स ५३, बुटवलका भुमादेवी खानललाई १ लाख ३५ हजार र रुपन्देही मुर्गियाका मननाथ गौतमलाई १ लाख ३५ हजार रुपैयाँ हस्तान्त्रण गरिएको छ ।
चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजना अन्र्गत करिव ६० लाख बीमा रकम प्रदान गरेको बैंकका तिलोत्तमास्थित डाइभरटोल शाखा प्रमुख गंगाराज सापकोटाले जानकारी गराउनुभयो ।
बैंकले सुपर चमत्कारिक बचत खाता अन्तर्गत डायमण्ड खाता खोल्ने १८ जना, सुपर चमत्कारित तलव बचत खाता खोल्ने १५ जना, चमत्कारिक तलव बचत खाता खोल्ने ५ जना, चमत्कारिक बचत खाता डायमण्ड खोल्ने ३ जना, सुपर चमत्कारिक नारी बचत खाता खोल्ने २ जना र न्यू प्रिमियम समुन्नत बचत खाता खोल्ने एक जनासहित ४४ जना ग्राहकलाई बीमा दावी भुक्तानी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका प्रदेश ५ प्रमुृख कार्कीले जानकारी गराउनुभयो ।
भविष्यमा आउन सक्ने भवितब्य र जोखिम कम गर्न सक्ने उद्देश्यले प्रचलनमा ल्याएको सुपर चमत्कारी बचत खाता योजनाले ग्राहकको आर्थिक भार कम गर्न महत्वपूर्ण टेवा पुग्ने प्रदेश प्रमुख कार्कीले बताउनुभयो । कार्यक्रममा बीमा बापतको रकम बुझदै खातावाला ग्राहक विष्णुप्रसाद भुसालले खाता खालेरै बंैकले दिएको सुविधाले सहयोग मिलेको बताउनुभयो ।