धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा घरेलु मदिरा पिउँदा ६ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर बिरामी परेका छन् । होलि पर्वको अवसरमा अत्यधिक मदिरा पिउँदा उनीहरुको ज्यान गएको प्रहरलिे जनाएको छ ।
Advertisement
मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा छन् ।
मदिरा पिउँदा सिकिस्त बिरामी परेका ईन्द्रजीत सदाको चिन्ताजनक अवस्थामा धरानमा उपचार भइसकेको छ । सिकिस्त बिरामी परेको स्थानीय सत्रुधन मण्डल र राम इश्वर महराको जानकी मेडिकल शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहेको छ।
मृतक पाँच जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । मदिरा सेवनबाट एकै गाउँका ६ जनाको मृत्यु भएपछि रमदैया गाउँ शोकमा डुबेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।