सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ७ मा अखिल नेपाल युवक सङ्घको भेला आयोजक समिति गठन भएको छ ।
२०८० भदौ २८ गते बिहीबार सम्पन्न भेलाद्वारा सो समिति गठन भएको हो ।
सन्तोष सुनार संयोजक रहनुभएको सो समितिको सदस्यहरूमा अमित सुनार, वसन्ता सुनार, सुनिता मुखिया, अर्जुन विक, सङ्गीता विक, शिला सुनार, वसन्त नेपाली, एलिसा केसी, सञ्जीव पाण्डे, रजिया खातुन, पवन थापा, विशाल थापा र विद्या थापा रहनुभएको छ ।
सो समितिले आगामी कात्तिक २ गते भेला गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन केसी, राजमो जिल्ला कोषाध्यक्ष गोविन्द बिसी, राजमो जिल्ला सदस्य तथा वडाअध्यक्ष दिलदार हुसेन, राजमो नगर सहसचिव वसन्त खड्का र राजमो नगर सदस्य देविप्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
सन्तोष सुनारको अध्यक्षता तथा अमित सुनारको सञ्चालनमा अघि बढेको उक्त भेलामा उपस्थित सहभागीलाई वसन्ता सुनारले स्वागत गर्नुभएको थियो ।