काठमाडौं । भारतको हिमाचल प्रदेशमा टिपर दुर्घटना हुँदा दुई जना नेपाली युवाले ज्यान गुमाएका छन् ।
Advertisement
दुर्घटनामा परी रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।
यस्तै, आठबीसकोट–११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा घाइते भएका छन् ।
रोजगारीका लागि भारत गएका उनीहरु फर्कने क्रममा टिपर दुर्घटनामा परेको थियो ।
उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाचल गएको बताइएको छ।