काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रशंसा गरेका छन् ।
सरकारी सुरक्षा फिर्ता लिएको सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
“नेता त चित्र बहादुर केसी जस्ता पनि छन् क्यार ! भएको सुरक्षाकर्मी पनि फिर्ता गरेकै छन् । कुनै थ्रेट छैन। निर्धक्क हिँड्छन्” २०८० भदौ २४ गते आइतबार साँझ ट्विट गर्दै उनले लेखेका छन्– “हाम्रालाई किन हो यति साह्रो डर ? हाम्रा वास्तवमा राम्रा नभएरै त होला । पशुपतिनाथले चाडै नै सद्बुद्धि दिउन् । जय होस ।”
यस्तो छ ट्विट
नेता त चित्र बहादुर केसी जस्ता पनि छन् क्यार! भएको सुरक्षाकर्मी पनि फिर्ता गरेकै छन्। कुनै थ्रेट छैन। निर्धक्क हिड्छन्। हाम्रालाई किन हो यति साह्रो डर! हाम्रा बास्तवमा राम्रा नभएरै त होला। पशुपतिनाथले चाडै नै सध्बुद्धी दिउन्। जय होस।
— Balen shah (@coldnepal) September 10, 2023