हेटौँडा । मकवानपुरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को जिल्ला भेला तयारी समिति गठन भएको छ ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८० भदौ २३ गते शनिबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
भेलामा अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय कोषाध्यक्ष पुरुषोत्तम कार्की र राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य निरबहादुर सिन्तानले शुभकामना दिनुभएको थियो ।
भेलाले दिनेश विष्टको संयोजकत्वमा सात सदस्यीय अप्फाको मकवानपुर जिल्ला समिति गठन गरेको छ ।
समितिको सदस्यहरूमा उत्तरबहादुर गोपाली, आत्माराम कार्की, नवीना गोले, निरबहादुर सिन्तान, शोभा गोपाली र विक्रम विष्ट रहनुभएको छ ।
दिनेश विष्टको अध्यक्षतामा सम्पन्न उक्त भेलाले आगामी असोज २७ गते प्रत्येक पालिकाबाट प्रतिनिधित्व हुने गरी पालुङमा प्रशिक्षण भेला आयोजना गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।