काठमाडौं । निजामती सेवा दिवसका अवसरमा आज ४० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिएको छ।
Advertisement
२०औं निजामती सेवा दिवसका अवसरमा आज काठमाडौं आयोजित समारोहका बीच १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिएको हो।
उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरूमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कवीन्द्र नेपाललगायत छन्।
यी हुन् पुरस्कृत कर्मचारी
