काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ।
Advertisement
डेंगु संक्रमण भएपछि धापासीस्थित ग्रान्डी अस्पताल उपचाररत वडाअध्यक्ष रिजालको बिहीबार विहान निधन भएको महानगर स्रोतले पुष्टि गरेको छ ।
डेंगु भएपछि निमोनिया पनि देखिँदा उनी गम्भीर बिरामी परेका थिए। भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो।
गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुन् ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।