काठमाडौं । इरानले गत वर्ष सेप्टेम्बरमा भएको सन् २०१५ को आणविक सम्झौताबारे वार्ता असफल हुनुको कारण पश्चिमी राज्यहरुले इरानमा भएको हिंसाको गलत अनुमान गर्नु रहेको बताएको छ ।
Advertisement
इरानको राजधानी तेहरानमा भएको साप्ताहिक पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीले इरान सेप्टेम्बर २०२२ मा भएको हिंसात्मक गतिविधिसहित आणविक वार्ता सफल बनाउन सबै पक्षलाई सम्झौताअनुसार फर्किने वातावरण बनाउन तयार रहेको बताएका हुन्।
उनले संयुक्त राज्य अमेरिका र साझेदार देशहरुले इरानमा अशान्ति र हुलहुज्जतमा भएको नोक्शानीको गलत आँकलन गरेको बताए । उनले इरानको हुलहुज्जतको गलत तथ्यांकले आणविक वार्ता असफल भएको दाबी गरे ।