• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

त्रिवि सेवा आयोगको व्यवस्थापनमा सुधार गर्न अखिल (छैठौं) कीर्तिपुरको ज्ञापन


  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) त्रिभुवन विश्वविद्यालय समितिले त्रिवि सेवा आयोगको व्यवस्थापनमा सुधारको माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

    Advertisement

    आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै २०८० भदौ १५ गते शुक्रबार अखिल (छैठौं) ले ज्ञापन बुझाएको हो ।

    ज्ञापनपत्र बुझाउनका लागि केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, केन्द्रीय सचिव पुरण पोख्रेल, सचिवालय सदस्य विवेक जिसी, केन्द्रीय सदस्य पूजा बेल्बासे, पूर्व सचिवालय सदस्य तिलक गाहा, विश्वविद्यालय समितिका अध्यक्ष सङ्गम थापा र पूर्व राष्ट्रिय परिषद सदस्य मनिस कँडेललगायतको प्रतिनिधिमण्डल कीर्तिपुर पुगेको थियो ।

    विश्वविद्यालय समितिका अध्यक्ष सङ्गम थापाको हस्ताक्षरमा बुझाइएको उक्त ज्ञापनमा रिक्त रहेका प्राध्यापक तथा कर्मचारीको खुला प्रतिष्पर्धाबाट पदपूर्ति गरिनुपर्ने, विज्ञापन नं. १८ को नतिजा तत्कालै प्रकाशित गर्नुपर्ने, अन्तर्वार्ता दिन वञ्चित भएकालाई तत्कालै अन्तर्वार्ता दिन लगाउनुपर्ने, करार सेवाका प्राध्यापक तथा कर्मचारीको पदपूर्ति खुला प्रतिष्पर्धाबाट गर्नुपर्ने र हाल त्रिवि शिक्षा आयोगले प्रयोग गरेको भवन छात्रावासको भएकाले सोहीअनुसार उपयोग गरिनुपर्ने माग राखिएको छ ।

    यस्तो छ, ज्ञापनपत्रको पूर्ण पाठ :

    “हाम्रो सङ्गठन अखिल (छैठौं) निरन्तर राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा र विद्यार्थी हकहितको पक्षमा लड्दै आइरहेको छ । विद्यार्थीका समस्याहरू सरोकारवाला पक्षसमक्ष राख्ने र समस्या समाधानका लागि आवश्यक पहल गर्न नेतृत्वदायी भूमिका निर्वाहसमेत गर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालय र त्यस मातहतका आङ्गिक क्याम्पसको वातावरणलाई शैक्षिक तथा प्राज्ञिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विश्वविद्यालय तथा क्याम्पसमा पनि आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

    लामो समयसम्म सेवा आयोग अध्यक्षविहीन रहँदा विश्वविद्यालयमा रिक्त रहेका प्रध्यापक तथा कर्मचारीको पदपूर्ति, वृत्तिविकास बढुवा सिफारिस रोकिएका कारण विश्वविद्यालय र मातहतका क्याम्पसको शैक्षिक तथा प्रशासनिक सेवा चुस्तदुरुस्त र पारदर्शी हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालयको गरिमालाई जोगाउनका लागि प्राध्यापक तथा कर्मचारीको पदपूर्ति, वृत्तिविकास तथा बढुवा प्रक्रिया खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्नका लागि अनुरोध गर्दै निम्न मागसहित यो ज्ञापनपत्र पेस गर्दछौँ :

    १. रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीको खुला प्रतिष्पर्धाबाट पदपूर्ति गर्न तत्काल विज्ञापन खोल्न माग गर्दछौँ ।

    २. सेवा आयोगको विज्ञापन नं. १८ को अदालतबाट फैसला भई सफाइ पाइसकेका पदको नतिजा तत्काल प्रकाशित गरियोस् ।

    ३. परीक्षा सम्पन्न भई अन्तर्वार्ता दिनबाट वञ्चित भएकाहरूको अन्तर्वार्ता प्रक्रिया तत्काल अगाडि बढाइयोस् ।

    ४. करार सेवामा कार्यरत प्राध्यापक तथा कर्मचारीको आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गर्ने प्रक्रिया तत्काल रोकी खुला प्रतिष्पर्धाबाट पदपूर्ति गरियोस् ।

    ५. हाल त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रावास प्रयोजनको लागि निर्माण गरिएको कुरा सर्वविदितै छ । यस सम्बन्धमा त्रिवि जिल्ला समितिले उक्त भवन खाली गराउन पटक पटक ध्यानाकर्षण गरेता पनि ढिलासुस्ती गरेका कारण तत्काल खाली गरी छात्रावास प्रयोजनको लागि सहज वतावरण सिर्जना गर्न अनुरोध गर्दछौँ ।”

    शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.