खिमराज चालिसे (चण्डिगढ), बेलबहादुर रजाली (जयपुर) ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयनविरुद्ध भारतका विभिन्न स्थानमा विरोध सभा गरेको छ ।
बुधबार मूल प्रवाहले देशमा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न स्थानमा विरोध सभालगायत कार्यक्रम सम्पन्न गरेको छ ।
जालन्धर
सुदूरपश्चिमोत्तर क्षेत्र अन्तर्गत जालन्धर नगर समितिले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले एमसीसी इन्डोप्यासिफिक रणनीति भएकोले यसलाई कार्यान्वयन गर्न दिन नहुने बताउनुभयो ।
मूल प्रवाह जालन्धर नगर अध्यक्ष जितमान थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय महिला विभाग सदस्य शुष्मा खडका, केन्द्रीय परिषद सदस्य जमुना गाहा लगाएत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
नगर सचिव तिलबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो ।
विवादित अमेरिकी परियोजना एमसीसी हिजो (भदौ) १३ देखि कार्यान्वयनमा आएको छ । त्यसविरुद्ध देश र प्रवासमासमेत विरोध भइरहेको छ ।
राष्ट्रिय जनमोर्चाले बुधबार राजधानीसहित देशब्यापीरुपमा एमसीसीको कार्यान्वयन हुन नदिन आह्वानसहित विरोध प्रदर्शन गरेको थियो ।
चंडिगढ
राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध भारतको सुदूरपश्चिमोत्तर क्षेत्रको चंडिगढमा मूल प्रवाहले कालो ब्यानरमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडका, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, मूल प्रवाह क्षेत्रीय सदस्य जुना चालिसे, केन्द्रीय परिषद सदस्य थमन थापा, सांस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, विद्यार्थी सङ्घका केन्द्रीय सदस्य विष्णु बेल्बासे, महिला क्षेत्रीय सदस्य सीमा खड्का, खेल विभागका पुरन थापा, समता विभागका लीला विक, जनजाति विभागका प्रेम गुरुङ, विद्यार्थी संघका नगर अध्यक्ष नारायण आचार्य, पंचकुला एरिया सदस्य हरि खरेल लगाएतले सम्बोधन गर्नु भएको हो।
विरोध सभा नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा नगर सचिव तेजबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।
जयपुर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रको जयपुरमा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ।

३० अगस्त २०२३ मा सम्पन्न सो विरोध कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य बेलबहादुर रजाली, केन्द्रीय प्रतिनिधि रिन राना, हुमा रजाली, परिषद सदस्य दीपा थापा, क्षेत्रीय सदस्य नारायण ज्ञवालीले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यसक्रममा वक्ताहरुले एमसीसी आर्थिक सहयोग नभई इन्डोप्यासिफिक रणनीतिकै अंग भएकोले नेपालको राष्ट्रियतामाथि गम्भीर खतरा हुने बताउनु भयो। उहाँहरुले आफ्नो मातृभुमिलाई माया गर्ने सच्चा देशभक्त नेपालीले यस्तो राष्ट्रघाती समझौतालाई कुनै पनि हालतमा कार्यान्वयन हुन दिनु हुन्न भन्नु भयो।
कार्यक्रममा मूल प्रवाह जयपुर उत्तरबाट मंगल सिंह खड्का, दिलबहादुर कुमाल, दक्षिणबाट दीपक थापा, सोमबहादुर थापा, हुमबहादुर सारु, महिला विभाग जयपुर दक्षिणबाट बिना थापाले पनि एमसीसी कार्यान्वयन हुनबाट रोक्नु पर्ने धारणा राख्नु भयो।
नगर अध्यक्ष ओम थापाको अध्यक्षतामा तथा टंक थापाको सञ्चालनमा सम्पन्न भएको सो विरोध कार्यक्रम स्वागत रामप्रकाश शर्माले गर्नु भएको थियो ।
रोपड
मूल प्रवाह रोपड नगर समितिको आयोजनामा राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध विरोध कार्यक्रम कालो ब्यानरमा सम्पन्न गरिएको छ।

कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सचिव एव क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, सुदूरपश्चिमोत्तर क्षेत्रीय जनजाति विभागका बिलबहादुर गुरुङ, परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्य छविलाल सापकोटा, महिला नगर संयोजक मन्जु थापा, क्षेत्रीय सदस्य लक्ष्मी गुरुङ, दयाराम लामिछाने, तुल्सी थापा, खुमबहादुर, खेमप्रसाद सापकोटा, लगाएत हुनुहुन्थ्यो।
विरोध सभा भक्तबहादुर थापाको अध्यक्षता तथा नन्दलाल सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो भने स्वागत खेमबहादुर पेमीले गर्नु भएको थियो ।
हिसार
राष्ट्रघाती एमसीसी कार्यान्वयन विरुद्ध भारतको सुदूरपश्चिमोत्तर क्षेत्रको हिसारमा पनि मूल प्रवाहले कालो
ब्यानरमुनि विरोध कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विरोध मन्तव्य राख्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य केहरसिंह घर्ती मगर, महिला क्षेत्रीय सदस्य सीता पोख्रेल, नगर समितिका नन्दबहादुर लम्तरी, महिला विभागकी कमला बगाले, एरियाका भुप कुमाल लगाएत हुनुहुन्थ्यो।
विरोध सभा नगर अध्यक्ष बाबुराम पोख्रेलको अध्यक्षता तथा मनबहादुर घर्तिमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।