कुश्मा । पर्वतमा राष्ट्रिय जनमोर्चाले एम.सी.सी. को विरुद्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
एम.सी.सी. कार्यान्वयनमा जान थालेका बेला २०८० भदौ १३ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो पर्वतका अध्यक्ष गोविन्द पौडेलले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले एम।सी।सी। नेपालका लागि नभएर साम्राज्यवादी परियोजना भएकाले त्यसलाई कार्यान्वयनमा जान दिन नहुने बताउनुभयो ।

कार्यक्रममा अखिल (छैठौं) पर्वतका अध्यक्ष बुद्धिराम गौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमको सञ्चालन राजमो नेता इन्द्रकान्त पौडेलले गर्नुभएको थियो ।