कृष्ण केसी, (भरतपुर) ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति चितवनको आयोजनामा एम।सी।सी। कार्यान्नवयनको विरुद्धमा विरोधसभा सम्पन्न भएको छ ।
Advertisement
चितवनको चौबिसकोठी चोक २०८० भदौ १३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई राजमोका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष डम्बर पुरी सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा उहाँले राष्ट्रिय जनमोर्चालाई सानो पार्टी भनेर खिसिट्युरी गर्नेहरूलाई जवाफ दिनुभयो ।
‘अमेरिकी साम्राज्यवादको विरुद्धमा राष्ट्रिय जनमोर्चा निरन्तर सङ्घर्ष गर्दै आएको छ र गरिरहने छ’ उहाँले भन्नुभयो ।
जिल्ला अध्यक्ष अमर क्षेत्रीको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गर्नुभएको थियो ।