दिनेश रैदास, दाङ ।
नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको आयोजना २०८० भदौ १३ गते बुधबार एम।सी।सी। विरुद्ध घोराहीमा विरोधसभा सम्पन्न भएको छ ।
“गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको रक्षा गरौँ !, अमेरिकी साम्राज्यवाद मुर्दावाद ! एम.सी.सी. सम्झौता खारेज गरौँ !” मूल नाराका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
विरोधसभालाई सम्बोधन गर्दै नेकपा (मसाल दाङका प्रवक्ता भरत भण्डारीले विश्वव्यापी रूपमा अमेरिकी साम्राज्यवादले आफूलाई एकल तानाशाही ठानेकाले हामी नेपाली देशभक्त जनता र पार्टी एम।सी।सी। खारेजको सङ्घर्षमा उत्रिएको बताउनुभयो ।
त्यसैगरी, विरोधसभालाई सम्बोधन गर्दै राजमो दाङ सचिवालय सदस्य शुक्रराज भण्डारीले आफूहरूले एम।सी।सी। को विरोध सुरुदेखि नै गर्दै आएको बताउनुभयो । उहाँले नेपाली जनता र राष्ट्रको लागि घातक भएकाले एम.सी.सी. कुनै पनि हालत र परिस्थितिमा खारेज गर्नुपर्ने बताउनुभयो ।
विरोधसभालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व दाङ जिल्ला इन्चार्ज सम्झना सी र क्रान्तिकारी कम्युनिस्ट पार्टी
नेपालका यमबहादुर शाहले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण जनक सीले गर्नुभएको थियो ।
