• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

क. सरोज शर्मा : क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका उच्च व्यक्तित्व


  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
  • भैरवराज रेग्मी ##
    सर्वप्रथम सैँतिसौँ स्मृतिदिवसको अवसरमा क. सरोज शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनट मौनधारण गर्दछु । उहाँलाई सम्झिँदा कम्युनिस्ट पार्टी र आन्दोलनप्रति बढी दृढ विश्वास र अझ अगाडि बढ्ने प्रेरणा मिल्दछ ।

    Advertisement

    उहाँमा नाटकीय स्वभाव थिएन । उहाँ अत्यन्त सरल, मृदुभाषी, सर्वहारा चरित्र अँगालेको व्यक्तित्व हुनुहुन्थ्यो । पुँजीवादी समाजले उहाँलाई लुरे, व्यक्तित्वहीन र उहाँको सादगी जीवनप्रति घृणा गर्दथ्यो । त्यो घृणाभन्दा धेरै पर उहाँमा कम्युनिस्ट पार्टीप्रति दृढ विश्वास थियो । नेपालमा नयाँ जनवाद/समाजवाद ल्याउन निजी जीवन र निजी जीवनशैली त्यागेर उहाँ क्रान्तिको बाटोमा हिँडिरहनुभएको थियो । त्यो बाटोमा हिँड्दाहिँड्दै दिल्लीमा दुर्घटनामा पर्नुभयो । त्यो दुर्घटना थियो वा हत्या ? तर नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सहिद घोषणा गर्‍यो ।

    उहाँ नेपालको राजतन्त्र फाल्न रामराजा प्रसाद सिंहको पार्टीमा हुनुहुन्थ्यो । त्यसैले त्यस बेलाको राजतन्त्रले उहाँलाई मार्ने योजना बनाएको थियो । त्यसैले उहाँको त्यो दुर्घटना मात्रै होइन भन्ने नेपाली कम्युनिस्ट आन्दोलनमा बहस चलिरहने छ ।

    रामराजा प्रसाद सिंहको प्रकट रूपमा राजतन्त्र फ्याक्ने उद्देश्य भएता पनि भारतीय साम्राज्यवादको इसारामा चलिरहेको महसुस गरेपछि उहाँ कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो र सर्वहारा विश्वदृष्टिकोण अपनाएर दृढविश्वासका साथ अघि बढ्नुभयो ।

    अहिले प्रकट रूपमा कम्युनिस्ट पार्टीमा लागेका मानिसहरू आफूलाई ‘कम्युनिस्ट’ भन्दछन् । कम्युनिस्ट पार्टीमा लाग्नु भनेको सर्वहारा विश्वदृष्टिकोण अँगाल्नु हो । अहिलेको यो समाज पुँजीवादी समाज हो । पुँजीवादी समाजले पुँजी जम्मा गर्ने, त्यो पुँजीले आफ्नो जीवन निर्वाह गर्ने, भावी सन्ततिलाई पनि जीवननिर्वाहका लागि यही प्रकारको जीवनवृत्ति अँगाल्ने, दैनिक जीवनलाई पुँजीवादी जीवनवृत्तका रूपमा अँगाल्ने निर्देशन दिन्छ । सर्वहारा विश्वदृष्टिकोण भनेको सामूहिक जीवन प्रणाली र सर्वहारा जीवनशैली हो । आफ्ना सन्ततिको जीवनको ग्यारेन्टी गर्ने भनेको नयाँ जनवादी/समाजवादी व्यवस्थाको स्थापनाका लागि सम्पूर्ण जीवनवृत्ति त्यसैमा होमिदिने, सर्वहारा संस्कृति, सर्वहारा जीवनशैली, सर्वहारा व्यवहार, पुँजीवादी जीवनशैलीप्रति घृणा, सर्वहारा जीवनशैलीप्रति सम्मान र प्रतिष्ठाको जीवनशैली अपनाउने हो । त्यसरी सर्वहारा विश्वदृष्टिकोण अपनाएको छु भन्नेहरूले पूरै पुँजीवादी शैलीमा आफूलाई ढालिरहेका हुन्छन् ।

    जीवन र प्रेम, परिवार र समाजको सन्दर्भमा पुँजीवादलाई उत्कृष्ट ठान्दै आफूलाई कम्युनिस्ट हुँ भन्दै हिँड्ने चरित्र सर्वहारा विश्वदृष्टिकोणभित्र पर्दैन । क. सरोज शर्मले घरपरिवार, मायाप्रेम, निजी सम्पत्ति सबै विषयमा विश्व सर्वहारा दृष्टिकोण अपनाएर हिँडेका थिए । सम्पूर्ण जीवन लुरे, झुत्रे, सर्वहाराको रूपमा आफ्नो जीवनलाई अँगालेका थिए ।

    अर्को जीवनको महत्त्वपूर्ण पक्ष भनेको पुँजीवादी नैतिकता विपरीत क. सरोज शर्माले सर्वहारा नैतिकता अँगालेका थिए । राजनैतिक जीवनमा पत्रिका प्रकाशित गर्दै हिँडेका क. सरोज शर्मा आफ्नो पत्रिकाको निजी स्वामित्व पार्टीलाई हस्तान्तरण गरे । त्यस प्रकारको नैतिकताको ख्यालसम्म नराख्ने तत्त्वहरूले त्यसमाथि हमला बोल्दै व्यक्तिगत स्वामित्व कायम गरी पार्टीलाई टुटफुट गराए । यस्ता तत्त्वले उक्त पत्रिकालाई क्रान्तिकारी लाइनबाट विसर्जन गराउन पुगे ।

    क. सरोज शर्मासँग आफूले लेखेका ठुला ठुला किताबका ठेली छैनन् । दार्शनिक विश्लेषण गरेका आफ्ना पुस्तकहरू छैनन् । काङ्ग्रेसमा लाग्दा होस् वा कम्युनिस्ट पार्टीमा आउँदा होस्, उनी सर्वहारा नैतिकवान् व्यक्तित्व थिए ।

    विचारले जीवनशैली निर्माण गर्दछ । त्यो विचारअनुसार जीवनशैलीलाई व्यवहारमा उतार्ने व्यक्तिलाई समाजले उच्च सम्मान गर्दछ र गर्नुपर्दछ । क. सरोज शर्माबाट प्राप्त हुने ऊर्जा हाम्रा लागि यही नै हो ।

    आजकल सहिदप्रति ‘ठुलो राजनीति’ हुने गरेको छ । सहिदलाई एक मिनट मौनधारण गरिँदैमा, सहिदको सालिक बनाउँदैमा वा सहिदको नाममा प्रतिष्ठान बनाएर व्यापार गर्दैमा सहिदप्रति वास्तविक सम्मान हुँदैन । यो राजनीतिले हामीलाई पनि कता कता छोइरहेछ ।

    ती सहिद, जसले आफ्नो अमूल्य जीवन आहुति दिए, तिनले लिएको विचारअनुसार समाज निर्माण गर्न अग्रसर हुने कि ती सहिदको खेती गरेर व्यापार गर्ने ? सर्वप्रथमत ती सहिदलाई सम्झना गर्ने हो भने सामन्ती, पुँजीवादी समाजका विरुद्ध घृणा जागृत गराउनुपर्दछ । पुँजीवादी जीवनशैली नै अँगाल्ने होइन, त्यो घृणाले सर्वहारा वर्गको मुक्तिको बाटोको जीवनशैली अपनाउनुपर्दछ । निजी विचार, निजी सम्पत्ति, सन्ततिको जीवनवृत्तिको ग्यारेन्टीको विपरीत नयाँ जनवादी/समाजवादी व्यवस्था स्थापना गर्ने बाटोमा अघि बढ्नुपर्छ, ताकि आफ्ना सन्तति मात्र होइन, सम्पूर्ण सर्वहारा वर्गको मुक्तिको बाटोप्रति विश्वास बढाउन सकोस् ।

    पुँजीवाद–साम्राज्यवादले मानव समाजलाई ध्वस्त र संहार गरिरहेको छ । जसले मानव समाजलाई संहार र ध्वस्त बनाइरहेको छ, त्यही पुँजीवादी जीवनशैली अपनाएर हाम्रा सन्ततिको जीवन कसरी ग्यारेन्टी हुन सक्छ ?

    विचारमा एक्लो भइएला तर सर्वहारा दृष्टिकोणको बिजारोपणले करोडौँ बिरुवाहरू जन्मन्छन् भन्ने सत्यतालाई हामी आफैले अबुझ बनाइरहेका छौँ । माक्र्स, एङ्गेल्सले पुँजीवादी जीवनशैलीलाई त्यागेर सर्वहारा जीवनशैली अपनाए । माक्र्सले आफ्नो छोराको उपचार नपाएर मर्नुपर्‍यो । आफ्नो जन्मभूमिबाट निर्वासित हुनुपर्‍यो तर आफूले त्यागेको पुँजीवादी जीवनशैलीलाई घृणा नै गरिरहे । आफ्नो सर्वहारा जीवनलाई सम्मानपूर्वक अँगालिरहे । सर्वहारा विश्वदृष्टिकोणका कारणले उनको विचार, सिद्धान्तले मानव समाजलाई ध्वस्त होइन, संरक्षण र विकासको बाटो देखाइरहेको छ ।

    आफ्नो घरपरिवारभित्र पुँजीवाद छ । टोलछिमेकमा पुँजीवाद छ । हरेक क्षेत्रमा पैसाको बोलवाला छ । नाफाको बोलवाला छ । साम्राज्यवाद आफै उदारवादतर्फ फड्को मारिरहेको छ । त्यो पनि असफलताको दिशातिर अग्रसर भइसकेपछि नवउदारवादबाट फड्केर मानव समाजको सामूहिकतातिर होइन, आफ्ना मन र दिमागलाई केन्द्रविन्दु बनाएर सम्पूर्ण मानव चिन्तनलाई अराजकतातिर धकेल्दै मानव समाज ध्वस्त बनाउँदै छ ।

    पुँजीवादले आफ्नो जीवनसँगी, पतिपत्नी भन्दैन; छोराछोरी भन्दैन; बाउ भन्दैन; आमा भन्दैन; छिमेकी भन्दैन; टोलसमाज भन्दैन; आफ्नोअर्का भन्दैन । त्यति मात्र कहाँ हो र ? मानिसको शरीरमा चिप्स टसाएर प्रत्येक व्यक्ति गुगलको नियन्त्रणमा राख्ने प्रपञ्च थालिसकेको छ अनि हामी त्यसैमा रमाउँदै वाह ! भन्दै हिँडिरहन्छौँ । विज्ञानको चमत्कार भन्दै छौँ । अनि हामी बिर्सदै गएका छौँ, सामूहिक परिवार, सामूहिक समाज । त्यसपछि हामी नयाँ जनवाद/समाजवादमा संशोधन हाल्छौँ । पुँजीवाद मिसाउँछौँ । जनवादी केन्द्रीयतामा तानाशाही देख्छौँ । जनवादी केन्द्रीयताभित्र व्यक्तिको भूमिका र स्वतन्त्रता खोज्छौँ अनि पार्टी फोर्छौं; समाजवादप्रति घृणा फैलाउँछौँ । पार्टी फोरेर सत्तामा जाने व्यापार गर्न थाल्छौँ । त्यसपछि पनि नारा लाउन छा्ड्दैनौँ : कम्युनिस्ट जिन्दावाद ! समाजवाद जिन्दावाद !

    क. सरोज शर्मालाई धेरैले एक मिनट मौनधारण गर्लान्; श्रद्धाञ्जली देलान्† गुगलको नेटवर्कमा श्रद्धाञ्जलीको व्यापार गर्लान् तर पुँजीवादी जीवनशैलीलाई घृणा गर्दै सर्वहारा जीवनलाई आत्मसात गरेर हिँड्ने बाटोलाई अहिलेदेखि नै किन आत्मसात नगर्ने ? तपाईंहामी हाम्रा सन्ततिलाई जीवनवृत्तको थोरै ग्यारेन्टी गरेता पनि त्यो सन्ततिलाई त्यसले पुग्ने छैन किनकि त्यो सन्तति पनि पुँजीवादले हामीलाई जस्तै ध्वस्त बनाउँछ ? त्यसो हो भने किन हाम्रो अमूल्य जीवनलाई सर्वहाराकरण गरेर जनवाद/समाजवाद ल्याउन अघि नसर्ने ? जनवाद र समाजवादको माला जप्दैमा सर्वहारा विश्वदृष्टिकोण अँगालेको भइँदैन, आफूलाई सर्वहारा विश्वदृष्टिकोणमै ढाल्नुपर्दछ ।

    क. सरोज शर्मापूति भावपूर्ण श्रद्धाञ्जली ।

    बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.