• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

पर्यटकीय गन्तव्य बन्दै ‘बुलबुले मूल’


  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
  • प्यूठान । प्यूठान नगरपालिका– ९ पाखाचितिमा रहेको ऐतिहासिक तथा प्राकृतिक सम्पदा ‘बुलबुले मूल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । स्थानीयवासीले बाह्रैमहिना पानी हुने यस स्थानको प्रचारप्रसार गर्न थालेसँगै आन्तरिक पर्यटन स्थलको रुपमा विकास हुँदै गएको हो । झण्डै दुई सय वर्ष पहिले दूधकोशीबाट प्यूठान आएका कविराज भण्डारीले पानीको मूलको महिमा भएकै कारणले कोटहरूमा नवसी पाखाचिति मूलनजिकै बस्ती बसाली आफ्ना सन्तानलाई त्यहाँ बस्ने वातावरण मिलाएको भण्डारी वंशावलीबाट बुझ्न सकिन्छ ।

    Advertisement

    वर्षौँ पुरानो लिसोको विशाल रूखमुनी समथर भूभागबाट एकै स्थानबाट पानी निस्कनु यहाँको प्रमुख विशेषता थियो । तर, अहिले लिसोको रूख नभइ तेजुका साथै अन्य जातिका नयाँ पुराना धेरै रूखले भरिपूर्ण ठाउँ प्राकृतिक रूपमा सफा र सुन्दर रमणीय छ । उक्त मूलमा २२ वटा धारा छन् । त्यस मूलमा हिउँदमा होस् वा वर्षात्मा सधैँभरि एकनास पानी हुने यहाँको अर्काे विशेषता हो ।

    बस्तीका बीचमा रहेको सुन्दर प्राकृतिक सम्पदाको संरक्षणको लागि प्यूठान नगरपालिका, संसद् विकासकोष, वडा कार्यालयका साथै स्थानीय भण्डारी तथा जिसी परिवारको आर्थिक सहयोगमा परम्परागत २२ वटा ढुङ्गेधारा जडान गरिएको छ । प्रति धारा रु नौ हजारदेखि १८ हजार बराबरको लागतमा धारा निर्माण गरिएको छ ।

    पाटनबाट खरिद गरी व्यवस्थित जडान गरिएका ढुङ्गेधाराबाट नियमित रूपमा सबै धारबाट समान रूपमा पानी झर्ने गरी धारा निर्माण गरिएको स्थानीयवासी हिमा जिसीले जानकारी दिनुभयो । जति–जति मौसम चिसिँदै जान्, त्यतिकै मात्रमा त्यस मूलको पानी तातो हुने र जाडो समयमा नुहाउन सहज हुन्छ । माघे सङ्क्रान्ती पर्वमा यहाँ स्नान गर्दा छाला रोग तथा अन्य रोग निको हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्ती पर्वको अवसरमा बुलबुले मूलमा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न साँस्कृतिक कार्यक्रम हुने गरेको बुलबुले मूल व्यवस्थापनका अध्यक्ष दिनबहादुर भण्डारीले बताउनुभयो ।

    जेष्ठपूर्णिमाको अवसरमा यस मूलमा दूधको धार, नयाँ अन्नबाली चढाउनुका साथै विभिन्न भेँडाहरूको बलि चढाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षौँ पुरानो यो संस्कार निरन्तर चलिरहेको छ । विसं २०५२ मा उक्त मूलको पानीबाट नौ किलोवाट विद्युत् उत्पादन गर्न सकिने भएपनि साँढे ५ किलोवाट विद्युत् उत्पादन गरी २५ र ३० घरमा विद्युत्सेवा उपलब्ध गराएको छ । ६० र ७० घरमा सेवा पु¥याउने गरी विद्युत् उत्पादन क्षमता विस्तारका लागि प्राविधिक भएको दिनबहादुर जिसीले जानकारी गराउनुभयो । उक्त मूलको पानीले एउटा कुटानीपिसानी मिल सञ्चालन गर्नुका साथै थुप्रै जग्गा जमिन सिञ्चित गरेको छ ।

    प्यूठान नगरपालिका– ९ को मध्ये भागमा अवस्थित बुलबुलेको संरक्षण र सम्वद्र्धन गर्ने हो भने सुन्दर पर्यटकीयस्थल बन्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ । उक्त बुलबुले मूललाई प्यूठान नगरपालिकाले संरक्षणको लागि रु एक लाख आर्थिक सहयोग गरेको थियो । नियमित रूपमा प्यूठान नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण ऐतिहासिक, पुरातात्विक तथा प्राकृतिक सम्पदाको संरक्षण तथा विकासको लागि गुरूयोजना बनाइ अगाडि बढाएको छ । यस पर्यकीय स्थलमा मासिक ५०० बढी अवलोकनका आउने गरेका छन् ।

    सञ्चारको पहुँचदेखि ओझेलमा परेका कारण यसको प्रचारप्रसारमा पत्रकारको महत्वपूर्ण भूमिका रहने बागेश्वरी महिला बहुउद्देश्य सहकारीद्वारा सञ्चालित होमस्टेका सञ्चालक हिमा जिसीले बताउनुभयो । पर्यटन प्रवद्र्धनका लागि सामुदायिक होमस्टेका रुपमा विकास गर्न आवश्यक रहेको भन्दै यसको उथानको लागि उहाँले पत्रकारलाई आग्रह गर्नुभयो ।

    आगामी दिनमा वन तथा पर्यटन मन्त्रालयमार्फत व्यवस्थित गर्ने उहाँको भनाइ छ । नेपाल पत्रकार महासङ्घ, प्यूठानका एलवी थापाले टोलीले उक्त बुलबुले मूलको अवलोकन गरेको छ । त्यस अवसरमा उपाध्यक्ष थापाले पर्यटन प्रवद्र्धन र विकासमा पत्रकारिताको महत्वपूर्ण सहयोग हुने त्यसका लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.