काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते मङ्गलबार हुने भएको छ ।
Advertisement
प्रतिनिधिसभाको २०८० भदौ ७ गते बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धित कार्यक्रम भदौ १२ गतेको बैठकमा हुने गरी निर्धारण गरेको जानकारी गराएका हुन् ।
उनले यसपटकको प्रश्नोत्तरमा समूह–२ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने बताए । उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि आग्रह गरे ।
त्यसैगरी, सभामुखले समिति सभापतिको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।