काठमाडौं । टर्की सरकारले सन् २०१६ मा कुको प्रयास गर्ने समूहमा रहेको आरोपमा २० जनालाई पक्राउ जारी गरेको छ ।
मंगलवार पक्राउ पुर्जी जारी गरिएको त्यहाँको मुख्य अभियोजकको कार्यालयले जनाएको छ । उनीहरु गुलेन आन्दोलनसँग जोडिएको बताएको छ ।
टर्की सरकारले सन् २०१६ मा घुसपैठ र कुको प्रयासमा संलग्न रहेको बताएको छ । पक्राउ पुर्जी जारी भएका २० मध्ये ११ जना अझै सरकारी काममा कार्यरत रहेको बताइएको छ । उनीहरुविरुद्ध सार्वजनिक क्षेत्रमा घुसपैठ गरेको आरोप छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले चार वटै प्रदेशमा एकै पटक अभियान सञ्चालन गरेको छ ।
अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनलाई सन् २०१६ मा भएको कुको प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ । जसमा कीम्तमा २५० जनाको मृत्यु भएको थियो ।
टर्की सरकारले बिद्रोहको प्रयासपछि उक्त सञ्जालसँग जोडिएको शंकामा कारबाही अभियान चलाएको छ ।