• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पार्टीनिर्माणमा स्थानीय सङ्गठनको भूमिका


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • सुरेश थापा ##
    सशक्त, अनुशासित र जनआधारित सङ्गठनबिना कम्युनिस्ट पार्टीले आफ्नो उद्देश्य पूरा गर्न सक्दैन यद्यपि कम्युनिस्ट पार्टीका लागि क्रान्तिकारी सिद्धान्त र राजनीतिले प्राथमिक महत्त्व राख्दछ तर सङ्गठनबिना जति सही वा क्रान्तिकारी सिद्धान्त वा राजनीति अपनाए पनि त्यसले ठोस र व्यावहारिक रूप लिन सक्दैन । सङ्गठन त्यस्तो चिज हो, जसले सिद्धात र राजनीतिलाई एउटा भौतिक शक्तिमा रूपान्तर गर्दछ अर्थात् एउटा कम्युनिस्ट पार्टीले क्रान्तिकारी भूमिका निर्वाह गर्नका लागि क्रान्तिकारी सिद्धान्त र राजनीति मात्र पर्याप्त हुँदैन । क्रान्तिकारी सिद्धान्त र राजनीतिको आलोकमा एउटा अनुशासित र व्यापक जनआधारित सङ्गठनको आवश्यकता पर्दछ ।

    Advertisement

    हामीले यहाँ सङ्गठन निर्माणमा स्थानीय सङ्गठनको महत्त्वबारे छलफल गर्दै छौँ । स्थानीय सङ्गठन पार्टीका आधारभूत एकाइ हुन् ।

    स्थानीय सङ्गठन भनेका मुख्य गरेर वडा, सेल वा टोल समिति हुन् । यी यस्ता समिति हुन्, जसले जनताको बिचमा काम गरिरहेका हुन्छन् । उनीहरूको जनतासँग घनिष्ट सम्बन्ध कायम हुन्छ । वास्तवमा ती आधारभूत सङ्गठनले नै पार्टीलाई जनतासँग जोडेका हुन्छन् । अर्को अर्थमा भन्दा तिनीहरूले जनता र पार्टीको बिचमा पुलको काम गरेका हुन्छन् । स्थानीय सङ्गठनको आधारमा नै पार्टीले जनतासँगको सम्बन्धलाई व्यापक, घनिष्ट र मजबत बनाउने गर्दछ ।

    एउटा रुखको जरा जति पर परसम्म फैलिन्छ, रुख त्यति नै मजबुत र विशाल बन्दछ । स्थानीय सङ्गठन भनेका रुखका जरा जस्तै हुन् । स्थानीय सङ्गठन जति व्यापक बन्दछन्, पार्टी त्यत्ति नै बलियो बन्दछ । त्यसैले हामीले व्यापक सेल वा टोल समिति बनाउने कुरामा ध्यान दिनुपर्दछ । उनीहरूलाई सक्रिय र मजबुत बनाउने कुरामा ध्यान दिनुपर्दछ ।

    पार्टीका हरेक गतिविधि सफल पार्न तागत चाहिन्छ । त्यो तागत भनेको जनता हो । व्यापक जनताको समर्थनबिना पार्टीले जतिसुकै सही नारा अगाडि सारे पनि सफल हुन सक्दैन अर्थात शक्तिको श्रोत भनेको जनता हो । स्थानीय सङ्गठन भनेका शक्तिको श्रोतका आधार हुन् । स्थानीय सङ्गठनको जनतासँग घनिष्ट सम्बन्ध र उसले जनतामा पारेको प्रभावमा सिङ्गो पार्टीको शक्ति निहित रहेको हुन्छ ।

    धेरैजसो कार्यकर्ताको यो कमजोरी रहँदै आएको छ कि उनीहरूले स्थानीय सङ्गठनको महत्त्व वा भूमिकालाई सही ढङ्गले बुझिरहेका हुँदैनन्, जसका कारणले जनताका बिचमा व्यापक स्थानीय सङ्गठन बनाउने काम हुन सकेको छैन । माथि नै भनियो, स्थानीय सङ्गठन भन्नाले हामीले मुख्य रूपमा वडा, सेल वा टोल समिति भनेर बुझ्नुपर्दछ । यस प्रकारका सङ्गठन व्यापक रूपमा बन्नुपर्छ । सीमित रूपमा बनेका पनि छन् तर ती सीमित रूपमा बनेका समिति पनि परिचालित छैनन् वा मजबुत छैनन् । हामीले ती आधारभूत सङ्गठनको महत्त्वलाई बुझ्नुपर्दछ । व्यापक रूपमा स्थानीय सङ्गठन बनाउनुपर्दछ र तिनीहरूलाई मजबुत बनाउनुपर्दछ ।

    आधारभूत सङ्गठनलाई व्यापक र बलियो बनाउनका लागि बाधकका रूपमा हाम्रा केही गलत बुझाइ पनि जिम्मेवार रहेका छन् ।

    उपल्लो तहका कैयौँ नेताकार्यकर्ताले आधारभूत सङ्गठनको महत्त्व र भूमिकालाई बुझ्दैनन् । ती सङ्गठन भनेका सबैभन्दा तल्लास्तरका हुन्, उनीहरूले पार्टीका लागि के योगदान गर्न सक्छन् र ? ती सङ्गठनमा काम गर्ने सदस्यहरू पार्टीका सबैभन्दा तल्लास्तरका कार्यकर्ता हुन् । उनीहरूको सिङ्गो पार्टीको लागि के भूमिका रहेको हुन्छ र ? त्यसैले उनीहरूको सोचाइमा आधारभूत तहमा रहेका सङ्गठन वा त्यसमा काम गर्ने कार्यकर्ताले पार्टीका लागि खास महत्त्व राख्दैनन् अर्थात उपल्लो तहका नेताकार्यकर्ता वा सङ्गठनले नै पार्टीका लागि महत्त्व राख्दछन् भन्ने बुझाइ उनीहरूले राख्दछन् ।

    ठिक त्यसै गरेर आधारभूत तहका सङ्गठन वा त्यसमा काम गर्ने कैयौँ कार्यकर्ताको बुझाइ पनि सही छैन । उनीहरूले आफूहरू तल्लो एकाइमा काम गर्ने कार्यकर्ता वा सङ्गठन भएकाले पार्टीनिर्माणमा आफूहरूको खास भूमिका रहँदैन वा हामी खास महत्त्वका विषय होइनौँ भनेर आफ्नो अवमूल्यन आफै गर्ने बुझाइ रहेको पाइन्छ । उनीहरूले यो बुझ्न सकिरहेका हुँदैनन् कि उनीहरू त्यस्तो घरका जग हुन्, जसले सम्पूर्ण घरको भार थामेको हुन्छ । जग कमजोर भयो भने के हुन्छ ? कुरा स्पष्ट छ । त्यसैले तल वा माथि जहाँसुकै होस्, स्थानीय सङ्गठनको महत्त्वबारे सही बुझाइ हुन आवश्यक छ । हामीले हाम्रो उक्त गलत बुझाइलाई बदल्नुपर्दछ । यो विषयमा उपल्ला समितिमा काम गर्ने कार्यकर्ता र आधारभूत सङ्गठनमा काम गर्ने कार्यकर्ताका बिचको बुझाइमा एकरूपता बनाएर नै हामीले व्यापक सङ्गठन निर्माण गर्न सक्छौँ ।

    जनआधारित पार्टी त्यति बेला मात्र बन्न सक्छ, जब पार्टीका जरा व्यापक रूपमा जनताका बिचमा फैलिन्छन्; पर परसम्म पुग्छन् ।

    यसको अर्थ यो हो : धेरैभन्दा धेरै वडा/टोल समिति निर्माण । व्यापक रूपमा वडा/टोल सङ्गठन बनाएर नै हामीले पार्टीका जरा जनताको बीचमा पैmलाउन सक्छौँ । त्यसका लागि हामीले जनवर्गीय सङ्गठनको परिचालनमा ध्यान दिनुपर्दछ । किसान, महिला, जनजाति, युवकलगायत अन्य जनवर्गीय सङ्गठनका व्यापक समिति गठनमा ध्यान दिनुपर्दछ । यसरी मात्र व्यापक जनतालाई पार्टीको वरिपरि गोलबन्द गर्नु सम्भव हुने छ ।

    स्थानीय सङ्गठन व्यापक बनाएर मात्र पुग्दैन, उनीहरूलाई मजबुत बनाउनुपर्छ । त्यसका लािग हामीले कैयौँ कुरामा ध्यान दिनुपर्दछ ।

    पहिलो र महत्त्वपूर्ण काम हो– वैचारिक काम । पार्टीको रणनैतिक उदेश्यका साथै तात्कालिक नीतिको बारेमा हामीले उनीहरूलाई स्पष्ट पार्नुपर्छ । मुख्य गरेर कतिपय अवस्थामा कैयौँ कार्यकर्ताहरूमा रणनैतिक प्रश्नमा भन्दा तात्कालिक राजनीतिमा बढी अस्पष्टता वा भ्रम पैदा हुने गर्दछन् । तात्कालिक राजनीति पार्टीको तात्कालिक कार्यनीतिसँग जोडिएको हुन्छ । त्यो तत्कालको सङ्घर्षको विषयसँग सम्बन्धित हुन्छ । वास्तवमा त्यो पार्टीको दैनिक क्रियाकलापसँग जोडिएको हुन्छ । त्यसैले तात्कालिक राजनीतिमा हुने अस्पष्टताले पार्टीको दैनिक काममा बाधा उत्पन्न हुने गर्दछ । तात्कालिक राजनीतिको बारेमा कार्यकर्तालाई प्रष्ट पारेर मात्र हामीेले पार्टीका गतिविधिलाई सही ढङ्गबाट अगाडि बढाउन सक्छौँ ।

    अर्को विषय हो, अनुशासन । हामीले स्थानीय सङ्गठन र त्यसमा काम गर्ने कार्यकर्ता वा सदस्यलाई अनुशासित बनाउन जरुरी छ ।

    त्यसका लागि उनीहरूलाई कम्युनिस्ट पार्टीको अनुशासन, पद्धति र नियमका बारेमा प्रशिक्षित गर्नुपर्दछ । विधान, सङ्गठनात्मक नियमावली तथा त्यससँग सम्बन्धित प्रकाशनको अध्ययन गराउनुपर्दछ । जतिसुकै राम्रा निर्णय भए पनि अनुशासन भएन भने कार्यान्वयनमा समस्या पैदा हुन्छ । त्यसैले अनुशासनले निर्णय कार्यान्वयनको सुनिश्चितता गर्दछ । पार्टीमा एकताको आधार पनि अनुशासन नै हो किनभने मतभेद, असहमति वा आलोचनाका बिच पनि अनुशासनले काममा एकता कायम गर्दछ । यसका अतिरिक्त हामीले स्थानीय सङ्गठनको अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्दछ । उनीहरूका हरेक समस्या समाधानमा सहयोगी बन्नुपर्छ ।

    यसरी मात्र उनीहरू मजबुत र सक्रिय बन्ने छन्, जसले गर्दा पार्टीनिर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने छन् ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.