काठमाडौँ । अखिल नेपाल महिल सङ्घ काठमाडौँले आगामी भदौ २८ गते तिजी कार्यक्रम मनाउने भएको छ ।
Advertisement
२०८० भदौ २ गते शनिबार सङ्घकी केन्द्रीय अध्यक्ष मीना पुनको उपस्थितिमा सम्पन्न जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
जिल्ला अध्यक्ष ऋतु केसीका अनुसार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय बुढानीलकण्ठ–१० कपन–ज्योतिनगरमा सो कार्यक्रम सम्पन्न गरिने छ ।
जिल्ला सतितिको बैठकले उक्त कार्यक्रम सम्पन्न गर्न आवश्यक निर्णयहरू गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्ला अध्यक्ष केसीका अनुसार भदौ र असोज महिनामा काठमाडाँै जिल्लाभरी महिला सङ्घको सङ्गठनात्मक अभियान चलाइने छ । त्यसअन्तर्गत सदस्यता अभियान तथा नगर समितिहरूको गठन/पुनर्गठन गर्ने कार्यक्रम रहेको छ ।