दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित खाद्य संस्थानको स्वामित्वमा रहेको खुला तथा सार्बजनिक जग्गा मासी संरचना निर्माण गर्न लागिएको प्रति राष्ट्रिय जनमोर्चाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
Advertisement
सो जग्गा विभिन्न सार्वजनिक सभा समारोह गर्नको लागि र प्राकृतिक बिपत्तिको बेला पनि उपयोगी हुने भन्दै जग्गा खुला रुपमा नै रहन दिन राजमो दाङले आग्रह गरेको छ ।
अध्यक्ष गणेश आचार्यले शनिबार प्रेसित गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘बजार क्षेत्रमा एउटा राम्रो उधानको अभाब छ । त्यसलाई उधानको रुपमा प्रयोग गरेर भुकम्प जस्ता प्राकृतिक बिपत्तिको बेला प्रयोग गर्न पनि सकिन्छ ।
त्यसैले त्यस क्षेत्र लाई संरक्षण गरि खुला र सार्बजनिक क्षेत्रकै रुपमा राख्न सम्बन्धित सरोकारवाला सबैसित अनुरोध गर्न चाहान्छौँ ।’