कोलम्बो । करिब एक लाखजति श्रीलङ्काली जनता खडेरीको चपेटामा परेको पाइएको छ ।
श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका बिपत् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको हो ।
डिएमसीले अगस्त १७, २०२३ का दिन सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएका उल्लेख गरिएको छ । सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् ।
यसअघि कृषिमन्त्री महिन्द्रा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् ।
श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहने छ । (रासस/सिन्ह्वा)