धनगढी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को सुदूरपश्चि प्रदेशस्तरीय भेला भदौ १० गते हुने भएको छ ।
Advertisement
कैलालीको अत्तरियामा हुने भेला तथा प्रशिक्षणमा विभिन्न समसामयिक विषयमा प्रशिक्षण दिइने अखिल (छैठौं) का केन्द्रीय कोषाध्यक्ष हेमराज भट्टले जानकारी दिनुभयो ।
भेलाको तयारीका लागि विभिन्न जिल्लामा प्रतिनिधि, पर्यवेक्षक छनौटको काम भइरहेको अखिल (छैठौं) सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ ।