धनवीर पुनमगर, नयाँदिल्ली ।
हरियाणाको फरिदाबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको संयुक्त एरिया भेला सम्पन्न भएको छ ।
फरीदाबादअन्तर्गत रहेका तीनओटै एरिया समितिहरू हेवलहेम्ला, एनआइटी र बल्लवगढ एरिया समितिको संयुक्त भेला सम्पन्न भएको हो ।
भेलाको विधिवत उद्घाटन क्षेत्रीय समितिका बाबुराम विष्टले गर्नुभएको थियो ।
भेलामा केन्द्रीय सदस्य रमेशचन्द्र क्षेत्री, क्षेत्रीय सदस्य पिनु थापा, सूर्य क्षेत्री, महिला क्षेत्रीय विभागबाट रेशमा पुन र शकुन्तला थापालगायतले आतिथ्य एवम् भेला सफलताको शुभकामना दिनुभएको थियो ।
शान्ता भुसालको अध्यक्षता र विष्णु बिसीको सञ्चालनबाट अगाडि बढेको सो भेलामा सहभागीलाई सरिता बिसीले स्वागत मन्तव्य दिनुभएको थियो ।
भेलाले तीनओटै एरिया समिति चयन गरिएको छ ।
हेवलहेम्ला एरिया समिति
अध्यक्ष निर्मल सोनवानीमगर, उपाध्यक्ष मनिराम थापा, सचिव लेखराज केसी, कोषाध्यक्ष ज्ञानु विष्ट, सदस्यहरू नारायण राना, बिरु थापा, मोतिबहादुर, चुमान बस्नेत, मानसिंह विष्ट, वैकल्पिक सदस्यहरू अशोक कुँवर, रेश्मी पुनमगर, राजेश कुँवर, सल्लाहकार सुजाता खनाल, विकास क्षेत्री र लक्ष्मण कुशुम ।
एनआइटी एरिया समिति
अध्यक्ष लोकराज थापा, उपाध्यक्ष तुलबहादुर जिसी, सचिव कमल कुँवर, सहसचिव मानबहादुर पाण्डे, कोषाध्यक्ष कालिदास थापा, सदस्यहरू वेदराज आचार्य, सुरेश गिरी, किसन थापा, घनश्याम भण्डारी, दुर्गा थापा, विमला महरा, वैकल्पिक सदस्यहरू सविता थापा, लक्ष्मण चार्य, विशाल विसी, सल्लाहकार नुमानन्द भुसाल, सरस्वती पाण्डे र प्रेम महरा ।
बल्लवगढ एरिया समिति
अध्यक्ष तामराम शर्मा, उपाध्यक्ष मिश्री खड्का, सचिव अजय रेश्मी, सहसचिव विपना विष्ट, कोषाध्यक्ष उमेश जिसी, सदस्यहरू चन्द्र अधिकारी, छन्दबहादुर थापा, मनबहादुर राहुँ, मनु विष्ट, वैकल्पिक सदस्य लेखबहादुर, कमल शर्मा, विष्णु जिसी, सल्लाहकार सागर खड्का, मीना जिसी, रमेशचन्द्र क्षेत्री ।