खिमराज चालिसे, चन्डिगढ (भारत) ।
Advertisement
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भारत पन्जाब राज्यको मोहाली कान्सल गाउँबाट अगस्त ९, २०२३ देखि सात वर्षको छोरालाई लिएर हराएकी २७ वर्षीय काजल विकको खोजीमा जुटेको छ ।
मूल प्रवाह नेपाली एकता समाजको चन्डिगढ नगर समिति सो कार्यमा जुटेको हो ।
दस वर्षपहिला विवाह भएको गुल्मी साविक जुभुङ–१ झिरबास माइत भएकी काजल विक र इस्मा–१ उजुमका सोनु विकका सात वर्षिय छोरा दिव्याङ्क विक (जो कान नसुन्ने छन्) लाई लिएर काजल ९ अगस्तको हराएको बताइएको छ ।
खोजतलासको क्रममा छिमेकमै बस्ने ४० वर्षीय भारतीय पुरुष रिङ्कुसँग फरार भएको आशङ्का परिवारले दिएपछि मूल प्रवाहले सोहीअनुसार खोजीकार्य तीव्र बनाएको हो ।
मूल प्रवाहले उनी नजिकको मूल प्रवाहको कार्यालय, निसा विक फोन ००९१–८२८४८६११४३, अर्जुन विक फोन ००९१–९८७६८३८९७४ मा खबर गरिदिन अनुरोध गरेको छ ।