काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षामा ५१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
Advertisement
राष्ट्रिय परीक्षा बोर्डले २०८० साउन ३० गते मङ्गलबार सार्वजनिक गरेको नतिजामा यस्तो देखिएको हो ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित नियमित र ग्रेडवृद्धि गरी चार लाख ४८ हजार विद्यार्थी सहभागी भएकोमा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उत्तीर्ण) भएका छन् ।
त्यस्तै, ४९.०९ प्रतिशत भने ननग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको बोर्डको दाबी छ ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ननग्रेडेडमा राख्दै आएको छ । उनीहरूले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने छ ।