खिमराज चालिसे ।
पश्चिम भारतको वापीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको क्षेत्रीय जनजाति विभाग र समता विभागको आयोजनामा अन्तक्रियासहित उनन्तिसौँ विश्व आदिवासी दिवस मनाइएको छ ।
केन्द्रीय सचिव तथा पश्चिम भारत क्षेत्रीय अध्यक्ष वेदबहादुर कार्की प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा केन्द्रीय सदस्यहरू रमकला काउछा, कृष्ण कुँवर, क्षेत्रीय सदस्य निखिल रावत, समता विभाग संयोजक प्रकाश जनाला, महिला विभाग संयोजक विष्णुमाया शर्मा, सांस्कृतिक विभागका संयोजक हरि काउछा, महिला केन्द्रीय विभाग सदस्य बिना काउछा अथिति रहनुभएको थियो ।
कार्यक्रममा जनजाति केन्द्रीय विभागको अवधारणापत्र केन्द्रीय सदस्य श्रीधर शर्माले वाचन गर्नुभएको थियो ।
जनजाति विभागका संयोजक प्रवीनसिंह काउछको अध्यक्षता, दुर्गा रानाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन दीपेश लिम्बुले गर्नुभएको थियो


