• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार महासङ्घको शुद्धीकरण अभियान पूर्वाग्रही भएको प्रगतिशील पत्रकार सङ्घको निष्कर्ष


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले नेपाल पत्रकार महासङ्घले चलाएको सदस्यता शुद्धीकरण अभियानलाई पूर्वाग्रही रहेको बताइएको छ । विभिन्न जिल्लामा विचारका आधारमा विभेद गरिएको भन्दै प्रगतिशीलले यस्तो आरोप लगाएको हो ।

    Advertisement

    केही दिनअघि बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८० साउन २४ गते जारी प्रेसविज्ञप्तिमा यस्तो निष्कर्ष उल्लेख गरिएको हो ।

    प्रेसवक्तव्यमा संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रता विपरीत समाचार लेखेबापत् पत्रकारमाथि उत्पीडन गर्ने क्रियाकलापको विरोध गर्दै प्रेस जगत्मा निर्भय वातावरण तयार पार्न राज्यपक्षसित अनुरोध गरिएको छ ।

    श्रमजीवी पत्रकार ऐन लागु भएको भनिएको लामो समय बितिसकेता पनि पत्रकारहरूलाई नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब नदिने, आकस्मिक रूपमा कामबाट नदिने समस्या यथावत् रहेकोमा त्यसका विरुद्ध जिल्ला स्तरमा कार्यक्रम गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, न्यूनतम तलब परिमार्जन गर्न आवश्यक रहेको पनि प्रगतिशीलले ठहर गरेको छ ।

    त्यसैगरी, विज्ञप्तिमा प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित दस्तावेजलाई अन्तिम रूप दिने, सङ्गठनात्मक देशव्यापी कार्य सम्पन्न गर्ने र केन्द्रीय समितिको बैठकबारे निर्णय भएको उल्लेख गरिएको छ ।

    यस्तो छ, अध्यक्ष पोखरेलद्वारा जारी प्रेसविज्ञप्तिको पूर्ण पाठ :
    “प्रगतिशील पत्रकार सङ्घ, नेपालको केन्द्रीय सचिवालय बैठक केही दिनअघि बस्यो । बैठकले लिएका निर्णयहरू सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।

    १. बैठकमा नेपाल पत्रकार महासङ्घले चलाएको शुद्धीकरण अभियानको बारेमा छलफल भयो । महासङ्घमा शुद्धीकरण अभियान आवश्यक थियो । त्यसैले हाम्रो सङ्गठनले उक्त अभियानलाई समर्थन गरेको छ तर अहिलेको शुद्धीकरणको क्रममा देशका धेरै जिल्लामा विचारको आधारमा विभेद गर्ने गरिएको छ । हाम्रो सङ्गठनले यस खालका क्रियाकलापको भण्डाफोर गर्दै विचारको आधारमा कुनै भेदभाव नगरिकन पत्रकार महासङ्घलाई साझा पेसागत सङ्गठनको रूपमा कायम राख्न माग गर्दछौँ । त्यस्तै, शुद्धीकरणका क्रममा देखिएका यी समस्याको बारेमा अन्य सङ्गठनसित पनि सहकार्य गर्न सकिने निर्णय गरिएको छ ।

    २. नेपालको संविधानमा–२०७२ मा ‘पूर्ण प्रेस स्वतन्त्रता’ को व्यवस्था गरिएको छ । समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने कानुनी व्यवस्था छ । त्यसका बाबजुद देशैभरि समाचार लेखेबापत् कैयौँ पत्रकारलाई विभिन्न प्रकारले उत्पीडन गर्ने गरिएको छ । यसै सन्दर्भमा पत्रकार महासङ्घका पूर्व महासचिव उजिर मगरलाई ज्यान मार्ने धम्की दिइएको प्रसङ्ग उल्लेखनीय छ । यस खालका अन्य थुप्रै घटना देशमा घटिरहेका छन् । हाम्रो सङ्गठन देशभित्र निर्भयतापूर्वक समाचार लेख्ने वातावरण बनाउन राज्यपक्षसँग माग गर्दछ ।

    ३. श्रमजीवी पत्रकार ऐन जारी भएको लामो समय बितिसकेको छ । त्यसका बाबजुद देशभरिका कैयौँ सञ्चार संस्थाहरूमा पत्रकारलाई नियुक्तिपत्र नदिने, तोकिएको तलब नदिने, बिनाकारण कामबाट निकाल्ने जस्ता समस्या अहिले पनि गम्भीर रूपमा यथावत् छन् । न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब, भत्ता अनिवार्य दिन माग गर्दछाँै । साथै श्रमजीवी पत्रकारलाई सहज रूपमा नियुक्तिपत्र उपलब्ध गराउन सञ्चार संस्थालाई आग्रह गर्दछौँ । तोकिएको तलब पनि अहिलेको महङ्गीअनुसार निकै कम भइसकेको अवस्थामा पारिश्रमिक निर्धारण समितिले तोकेको तलब नपाउनु दुखद पक्ष हो । नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको तलब नपाउँदासम्म काम पनि नगर्न र राजीनामा दिएर सञ्चार संस्थाहरू नछोड्न प्रगतिशील पत्रकार संघ नेपाल सबै श्रमजीवी पत्रकार साथीहरूलाई हार्दिक अनुरोध गर्दछ । यस विषयमा समस्या भएका जिल्लामा विरोधको कार्यक्रम सम्पन्न गरिने छ ।

    ४. हाम्रो सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलन गत २०७९ चैत २४ र २५ गते बुटवलमा भएको थियो । सम्मेलनद्वारा पारित घोषणपत्र, विधान र प्रतिवेदनलाई छिटै अन्तिम रूप दिइने छ ।

    ५. आगामी भदौ–असोज महिनामा प्रगतिशील पत्रकार सङ्घ, नेपालको सङ्गठनात्मक कार्य सम्पन्न गर्ने निर्णय गरिएको छ । यस अवधिमा प्रदेश समिति र जिल्ला समितिका बैठक, समिति गठन/पुनगर्ठन, सदस्यता वितरण तथा नवीकरण जस्ता कार्यहरू सम्पन्न गरिने छन् ।

    ६. भौतिक उपस्थितिमा प्रपसको केन्द्रीय समिति बैठक बस्नेबारेमा आवश्यक निर्णय गरिएको छ ।”

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.