• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ र आत्मकथा अर्को वर्ष प्रकाशित हुने


  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका वरिष्ठ कम्युनिस्ट नेता मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘कामरेड जलजला’ र आत्मकथा अर्को वर्ष प्रकाशित हुने भएको छ ।

    Advertisement

    महामन्त्री सिंहले सामाजिक सञ्जाल (फेसबुक) मा २०८० साउन २२ गते सोमबार स्टाटस राख्दै सो जानकारी दिनुभएको हो ।

    उहाँले आत्मकथा घोस्टलेखक डा. बालचन्द्र मिश्रले तयार पारेको सूचना दिँदै त्यसलाई दोहोर्‍याएर पढ्ने समय नमिलेकाले सो कृति प्रकाशन हुन नसकेको बताउनुभएको छ ।

    त्यसैगरी उहाँले ‘कामरेड जलजला’ पनि यस वर्ष प्रकाशन हुन नसक्ने बताउनुभयो ।

    मसालद्वारा २०८१ वैशाखसम्म चल्ने ऐतिहासिक तीन अभियानमा लाग्नुपर्ने भएकाले समय दिन नसकिएको उहाँले स्टाटसमा बताउनुभएको छ ।
    वि.सं. २०८१ सालमा आफू ९० वर्षको पुग्ने बताउँदै सोही वर्षमा आफ्ना दुवै कृति प्रकाशन हुने अपेक्षा उहाँले गर्नुभएको छ ।

    महामन्त्री सिंहको स्टाटस जस्ताको जस्तै :

    “मैले पहिले असारसम्ममा मेरो आत्मकथा प्रकाशित हुने कुरा लेखेको थिएँ तर त्यो सम्भावना नभएको कुरा मैले स्पष्ट गर्न चाहान्छु ।

    मेरो आत्मकथा मैले आफै लेखेको नभएर एक जना ‘घोस्ट’ लेखक डा. बालचन्द्र मिश्रले तयार पार्नुभएको थियो । उहाँले मसित सम्बन्धित विभिन्न पुस्तक, लेखहरू पढेर तथा मसित एक दर्जनभन्दा बढी अन्तवार्ता लिएर त्यो आत्मकथा तयार पार्नुभएको हो । त्यस सिलसिलामा उहाँ हाम्रो गाउँ ओखरकोटमा पनि जानुभएको थियो र त्यहाँका विभिन्न व्यक्तिसित मेराबारे अन्तवार्ता लिनुभएको थियो । त्यो सम्पूर्ण कामको लागि उहाँले दुई वर्षजति कडा मिहिनेत गर्नुभएको थियो । उहाँले गत वैशाखमा नै त्यो कार्य पूरा गरेर मलाई त्यसको प्रतिलिपि दिनुभएको थियो । त्यसपछि उहाँले लेखेको त्यो आत्मकथालाई एक पल्ट पूरै दोहोर्‍याएर पढ्ने जिम्मा मेरो थियो । म त्यो काममा लागेको पनि थिएँ । त्यो आत्मकथामा लाग्दा मेरो उपन्यासको काम पछाडि पर्दथ्यो । त्यसकारण त्यो आत्मकथालाई दोहोर्‍याएर पढ्ने कामलाई स्थगित गरेर म मेरो उपन्यास ‘कामरेड जलजला’ पूरा गर्ने कामतिर लागेँ तर त्यो काममा पनि पूरै लाग्नु मेरा लागि सम्भव भएन ।

    पार्टीको एक बर्से ‘ऐतिहासिक तीन अभियान’ का कार्यक्रम पूरा गर्न मैले धेरै समय दिनुपर्‍यो । त्यस सिलसिलामा पार्टीका कैयौँ कार्यक्रम पूरा गर्न म नेपालका विभिन्न जिल्ला र भारतका पनि कैयौँ स्थानमा जानुपर्‍यो । पार्टीको नवौँ महाधिवेशनका लागि विभिन्न दस्तावेज तयार पार्ने कार्यमा पनि म व्यस्त हुनुपरेको छ । त्यही प्रकारले लेनिनको शताब्दी स्मृतिदिवस र पार्टीस्थापनाको हीरक जयन्तीसित सम्बन्धित कैयौँ कार्यक्रममा पनि मैले समय दिनुपरेको छ । यी सबै व्यस्तताका कारणले अब यो सालमा आत्मकथा वा उपन्यास पूरा हुने सम्भावना कमै देखिन्छ ।

    ऐतिहासिक तीन अभियानको कार्यक्रम अर्काे सालको वैशाखमा नै समाप्त हुने छ । सम्भवत: त्यसपछि नै आत्मकथा र उपन्यास दुबै प्रकाशित हुन सक्ने छन् तर त्यो बेलासम्म घटनाक्रमको कुन रूपमा विकास हुन्छ ? त्यसले पनि आत्मकथा वा उपन्यास प्रकाशनको मितिलाई केही प्रभावित गर्न सक्ने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न तैपनि मेरो मोटामोटी सोचाइ के छ भने अर्काे सालको वैशाखदेखि म ९० वर्षमा पनि लाग्ने छु । त्यही वर्षमा नै आत्मकथा र उपन्यास दुबै प्रकाशित हुने छ भन्ने मेरो मोटामाटी सोचाइ छ ।

    हाम्रा धेरै शुभेच्क्षुकहरूले उत्सुकतापूर्वक मेरो उपन्यासको प्रतिक्षा गरिरहनु भएको छ । उहाँको आशालाई छिटै पूरा गर्न नसकेकोमा मलाई धेरै दु:ख छ तैपनि पार्टीका विभिन्न दायित्व र घटनाक्रमका बाबजुद ती दुबै कृतिलाई अर्काे सालमा प्रकाशित गर्ने मेरो कोसिस हुने छ ।

    मैले माथि भनिसकेको छु, आत्मकथा पनि लेखेर तयार भएको छ । त्यही प्रकारले उपन्यास पनि लेखेर पूरै तयार भएको छ । त्यसलाई टाइप गर्ने र पु्रफ पढने काम पनि सक्किसकेको छ तैपनि त्यसलाई मैले एक पल्ट दोहोर्‍याएर हेर्नुपर्ने छ । उपन्यास १३/१४ सय पृष्ठजतिको हुनाले त्यसलाई दोहोर्‍याएर पढ्न तथा अन्तिम रूपले मिलाउन पनि केही महिना लाग्ने छ ।

    आशा छ, अर्काे सालमा अर्थात् २०८१ सालमा उक्त दुबै कृति प्रकाशित भइसक्ने छन् ।”

    मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
    आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार
    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • २.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ३.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ४.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ५.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ६.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ७.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ८.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.