• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

रामबहादुर पुनको निधनप्रति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको श्रद्धाञ्जली


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर पुनको निधनप्रति नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनीहरूले शोकसन्तप्त परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

    Advertisement

    २०८० साउन २२ गते सोमबार मसाल र राजमोले छुट्टाछुट्टै शोकवक्तव्य जारी गर्दै रामबहादुर पुन जुझारु, इमानदार, निष्ठाबद्ध र अनुशातिसत सदस्य रहेको उल्लेख गरिएको छ ।

    मसालभित्र का. भूमिपाल नाम रहेको पुनको निधनबाट सशक्त, परिपक्व, होनहार, प्रतिबद्ध र अनुशासित सदस्यलाई गुमाउनुपरेको वक्तव्यका उल्लेख छ ।

    नेकपा (मसाल) काम महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी शोकवक्तव्य यस्तो छ :
    “बागलुङ जिल्ला काठेखोला गाउँपालिका–८ लेखानी (हाल रूपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मङ्गलापुर) निवासी कामरेड रामबहादुर पुन (का. भूमिपाल) को चितवन मेडिकल अस्पतालमा मुटुरोगको उपचारको क्रममा २०८० साउन २१ गते ६६ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुस्ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    का. भूमिपाल मिलनसार र सामाजिक व्यक्तित्वका साथै हाम्रो पार्टीको जुझारु, इमानदार, निष्ठाबद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो ।

    उहाँ लामो समयदेखि हाम्रो पार्टीको सदस्य रहनुभएको थियो । उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर प्रवासी नेपालीको हकहितका लागि सङ्घर्ष गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । पार्टीमा उहाँ बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकाअन्तर्गत एउटा सेल कमिटीको सेक्रेटरी हुनुहुन्थ्यो ।

    का. भूमिपालको मृत्युबाट पार्टीले एउटा सशक्त, परिपक्व, होनहार, प्रतिबद्ध र अनुशासित सदस्यलाई गुमाउनुपरेको छ । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै नेपालको जनजाति मुक्ति आन्दोलनमा गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

    त्यस्तै, राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा जारी गरिएको शोकवक्तव्य यस्तो छ :
    “बागलुङ जिल्ला काठेखोला गाउँपालिका–८ लेखानी (हाल रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका–९ मङ्गलापुर) निवासी कामरेड रामबहादुर पुनको चितवन मेडिकल अस्पतालमा मुटुरोगको उपचारको क्रममा २०८० साउन २१ गते ६६ वर्षको उमेरमा मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुस्ख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    का. रामबहादुर पुन मिलनसार र सामाजिक व्यक्तित्वका साथै राष्ट्रिय जनमोर्चाको जुझारु, इमान्दार, निष्ठाबद्ध र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँ लामो समयदेखि हाम्रो पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय रहनुभएको थियो । उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका विभिन्न तहमा रहेर प्रवासी नेपालीको हकहितका लागि सङ्घर्ष गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

    का. रामबहादुर पुनको मृत्युबाट पार्टीले एउटा सशक्त, परिपक्व, होनहार, प्रतिबद्ध र अनुशासित सदस्यलाई गुमाउनुपरेको छ । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनका साथै नेपालको जनजाति मुक्ति आन्दोलनमा गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.