• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिक सङ्गठन र जनप्रतिनिधि


  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
  • का. विपुल ##

    Advertisement

    दलीय व्यवस्थामा जनप्रतिनिधि जनताबाट निर्वाचित हुन्छन् र अपवादबाहेक ती सबै जनप्रतिनिधि विभिन्न राजनीतिक दलका तर्फबाट आउने गर्दछन् । त्यसरी जनताबाट निर्वाचित भएपछि जनप्रतिनिधिले मुख्यत: जनताप्रतिको उत्तरदायित्व बहन गर्नुको साथै आफ्नो राजनीतिक सङ्गठनप्रति पनि उत्तरदायी रहनुपर्दछ ।

    भ्रष्ट र अवसरवादी सङ्गठनबाट छनौट भई आएका जनप्रतिनिधिले जनतालाई केन्द्रमा काम राखेर काम गर्न सक्दैन । उनीहरू भ्रष्ट र अवसरवादी चरित्रबाट बढी निर्देशित हुने गर्दछन् । त्यसरी समाजमा भ्रष्टाचार र अनैतिकता एवम् अवसरवादी प्रवृत्तिको विस्तार हुँदै जान्छ । त्यसबाट समाज विषाक्त र धरासायी हुने कुरा निश्चित छ । भ्रष्टाचार हुने समाजमा कहिल्यै पनि शान्ति र समानता हुँदैन । समृद्धि पनि कहिल्यै आउँदैन ।

    संसदीय व्यवस्थामा राजनीतिक सङ्गठनको सर्वोपरि महत्त्व हुन्छ । राजनीतिक सङ्गठनले राज्यव्यवस्थाको सञ्चालन गर्नुका साथै सरकार र संसद् निर्माण गर्दछन् । राजनीतिक सङ्गठनले जनताप्रति उत्तरदायी रहेर ती सबै काम सम्पन्न गर्नुपर्दछ । यदि उनीहरूले आफ्नो गुट र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर काम गर्न थाले भने उनीहरूले जनताप्रति उत्तरदायी रहने विशेषता गुमाउँछन् र त्यसरी उनीहरूबाट नै खराब राजनीतिक परिस्थिति निर्माण हुन पुग्दछ । त्यसैले राजनीतिक सङ्गठनले जनतालाई सर्वदा केन्द्रमा राखेर आफ्ना नीति र निर्णय गर्नुपर्दछ ।

    जनप्रतिनिधि राजनीतिक दलसित सम्बन्धित राजनीतिक कार्यकर्ता हुन् । उनीहरूबाट व्यक्त हुने सम्पूर्ण व्यवहारको प्रभाव राजनीतिक सङ्गठनमा पर्दछ । राजनीतिक सङ्गठनको प्रभाव राज्यसत्तामा पर्दछ । त्यसरी राज्यसत्ता कस्तो हुने भन्ने कुरा राजनीतिक सङ्गठनको चरित्रमाथि भर पर्दछ । राजनीतिक सङ्गठन कस्तो बनाउने भन्ने कुरा जनताको राजनीतिक चेतनाले निर्धारण गर्दछ ।

    जनताको राजनीतिक चेतना जति उच्च हुन्छ, त्यति नै देश र जनताप्रति उत्तरदायी रहने राजनीतिक सङ्गठनको शक्ति बलियो हुन्छ ।

    जनताको राजनीतिक चेतनास्तर न्यून रहँदासम्म देशको राजनीतिक थिति राम्रो बन्न सक्दैन । व्यक्तिलाई ‘भगवान’ जस्तो मान्ने, पैसामा विक्री हुने, खानपानमा लिप्त हुने, हल्लाको पछाडि दौडिने चरित्र भएको जनताबाट राम्रा र देशभक्ति सङ्गठन निर्माण हुन सक्दैनन् ।

    जनताले आफ्नो समस्याको समाधान आफैमा भएको कुरालाई नबुझ्नाले ‘भगवान’ पात्रको भर लिने प्रवृत्तिको बोलबाला बढ्दै जान्छ ।

    त्यसरी ‘भगवान’ को खोजीमा हिँड्दा उनीहरूले हिटलर, मुसोलिन, नेपोलियन जस्ता पात्रलाई अस्तित्वमा ल्याएका थिए र अन्तमा तिनै पात्रबाट स्वयम् जनताले ग्याँस च्याम्बरको सिकार हुनुपरेको इतिहास पनि छ । त्यसैले अन्तिममा जनता निर्णायक शक्ति भए पनि सबै अवस्थाको राजनीतिक यात्रामा जनताले सही गरिरहेका हुन्छन् भन्ने हुँदैन । राजनीतिक सङ्गठनले ‘भगवान’ को खोजी गर्ने जनता र अवसरवादी कार्यकर्ताको उद्योग खोल्न थाले भने देशमा खराब स्थितिको आगमन हुन्छ । ‘भगवान’ को खोजी गर्ने जनताले ‘प्रसाद’ र ‘भगवान’ को अवतार खोज्छन् । त्यो तल्लो स्तरको राजनीतिक चेतना हो । अवसरवादी कार्यकर्ताले आफ्नो स्वार्थलाई जसरी पनि पूरा गर्ने दाउपेच गर्दछ । यो अत्यन्त भ्रष्टाचारी प्रवृत्ति हो । यसरी जनता र राजनीतिक नेतृत्व तहबाट नै सम्पूर्ण राज्यको राजनीतिक संस्कार गलत बाटोमा हिँड्न थाल्दछ ।

    जनप्रतिनिधिले सामाजिक कल्याणको लागि आफूलाई समर्पित गर्ने कुरा सबैभन्दा बढी महत्त्वपूर्ण छ तर कुनै जनप्रतिनिधिले त्यस प्रकारले काम गर्न कति बेला सामथ्र्य राख्दछ भन्ने कुरा उसको राजनीतिक सङ्गठनको आदर्शले निर्धारण गर्दछ । त्यसैले राजनीतिक सङ्गठनको आदर्श र उद्देश्य धेरै नै महत्त्वपूर्ण छ । राजनीतिक सङ्गठनको आदर्श एवम् उद्देश्य सुन्दर र स्वच्छ हुनु कल्याणकारी राज्यसत्ताका लागि आवश्यक छ । त्यस प्रकारको सङ्गठनले जनताको न्यून चेतना स्तरलाई उकास्नका लागि सधैँ प्रयत्न गरिरहनुपर्दछ ।

    जनप्रतिनिधिले जनतालाई कार्यालय समयभित्र काममा पर्खाउनुपर्ने कुनै कारण छैन । जनप्रतिनिधिले जनतालाई स्वीकृति दिनुपर्ने कुरा तत्कालै हुनुपर्दछ तर लेनदेनसम्बन्धीका कागजमा राम्रोसँग अनुसन्धान गरेर मात्र त्यसलाई स्वीकृति दिने वा नदिने भनेर निर्णय गर्ने क्षमता राख्नुपर्दछ । विषयवस्तुको गम्भीरतालाई बुझ्न सक्नुपर्दछ । यदि त्यसो गर्न सकिएन भने पनि त्यसको कानुनी पक्ष के कस्तो छ भनेर सल्लाह लिनुपर्दछ र निर्णय गर्ने पक्षलाई जिम्मेवार बनाएर निर्णयको कदम उठाउनुपर्ने आवश्यकता हुन्छ । त्यो काम गर्न कुनै बिलम्ब गर्नुहुँदैन ।

    जनताका समस्या धेरैजसो सामान्य र दैनिकी समस्यासँग जोडिएका हुन्छन् । तिनीहरूले कानुन र अख्तियारी आदेश वा कार्यलाई खास असर पार्दैनन् । त्यसैले ती काम गर्दा जनतालाई विलम्बमा पार्नु उपयुक्त हुँदैन । जनप्रतिनिधिले विषयवस्तुको गम्भीरतालाई राम्रोसँग ध्यान दिनुपर्दछ भनेको यही नै हो । लेनदेन वा आर्थिक अख्तियारी वा व्यवहारसम्बन्धीका विषय धेरै नै गम्भीर हुने गर्दछन् ।

    ती विषयको सकारात्मक र नकारात्मक परिणामलाई केलाउन सक्नु वा त्यसो गर्न नसकेमा त्यसबारे गम्भीर अनुसन्धान गरेर ठोस निष्कर्षमा पुगेर निर्णयमा पुग्नु आवश्यक हुन्छ । यस प्रकारको कार्य गर्न जनप्रतिनिधि त्यति बेला मात्र समर्थ हुन्छ, जति बेला ऊ सही आदर्श र उद्देश्य बोकेको सङ्गठनको तर्फबाट निर्वाचित भएको हुन्छ अन्यथा त्यसबाट त्यो काम हुन सक्दैन ।

    जनतासित प्रिय व्यवहार गर्नु जनप्रतिनिधिको काम हो । त्यसको अर्थ स्पष्ट, सीधा र छलकपटरहित व्यवहार गर्ने भनिएको हो ।

    जनताले सधैँ स्पष्ट, सिधा र छलकपटरहित व्यवहारको अपेक्षा गर्दछन् । न्यून राजनीतिक चेतना स्तर भए पनि स्पष्ट र सिधा व्यवहार गर्ने जनताको प्रवृत्ति हुन्छ । छलकपट योजनाबद्ध हुन्छ र पछि बानी लाग्दै जाँदा त्यो प्रवृत्ति बन्न जान्छ तर सामान्य रूपमा जनता छलकपटरहित व्यवहारद्वारा व्यवहृत भइरहेका हुन्छन् ।

    राजनीतिक दलबाहेक बाट छनौट हुने कुनै जनप्रतिनिधिको राजनीतिक व्यवस्थाका लागि खास महत्त्व हुँदैन । उनीहरू सामाजिक रूपमा राम्रा हुन सक्दछन् वा नहुन पनि सक्दछन् । विगतमा हत्याको आरोप लागेका, गुण्डागर्दी र डकैतमा सामेल भएका कतिपय व्यक्ति जनताबाट निर्वाचित भएका उदाहरण छन् । त्यसैले जनताबाट निर्वाचित हुने स्वतन्त्र व्यक्तिहरू राम्रा र नराम्रा दुबै हुन सक्दछन् तर तिनीहरूको राजनीतिक महत्त्व हुँदैन । राजनीतिक महत्त्व सङ्गठन र शक्तिले बोक्ने भएकाले स्वतन्त्र व्यक्तिको सामाजिक सुधारको कार्य तात्कालिक राहत भए पनि राज्यव्यवस्थाको स्थायी हल होइन । त्यसैले जनताले राजनीतिक सङ्गठनलाई सर्वोपरि स्थानमा राखेर नै राजनीतिक दृष्टिकोण बनाउनुपर्दछ ।

    निष्कर्षमा यो भन्न सकिन्छ कि कुनै लोकतन्त्र, गणतन्त्र वा कुनै पनि व्यवस्था राजनीतिक सिद्धान्त र दर्शनमाथि आधारित हुन्छ । वर्तमान राजनीतिक व्यवस्थामा लोकतन्त्र, गणतन्त्र वा अन्य राजनीतिक व्यवस्थाप्र्रति आस्था जगाउने कार्य राजनीतिक सङ्गठनले नै गर्नुपर्छ ।

    राजनीतिक सङ्गठनको व्यवहारलाई जनप्रतिनिधिले आफ्नो कार्यशैलीमा उतार्ने गर्नुपर्दछ । आफ्नो आस्थाको राजनीतिक सङ्गठनको उद्देश्यलाई कार्यान्वयन गर्नु भनेको त्यसको आस्था र उद्देश्यअनुरूप जनतासित व्यवहार गर्नु हो । उदाहरणका लागि राष्ट्रिय जनमोर्चाको छवि र उद्देश्य आम जनताका सामु स्पष्ट छ । त्यसको तर्फबाट निर्वाचित जनप्रतिनिधिले त्यसको छवि र उद्देश्यबमोजिम काम गर्न सकेमा भ्रष्टाचार, अनैतिक र अलोकतान्त्रिक भन्ने कुरा कहीँ पनि हुन सक्दैन तर पार्टीको त्यो छवि र उद्देश्यबाट विचलित भएपछि जे पनि घटना हुन सक्दछ । त्यसैले जनप्रतिनिधिले जनताका सामु प्रस्तुत गर्ने व्यवहार भनेको आफ्नो राजनीतिक सङ्गठनको हो । आफ्नो राजनीतिक सङ्गठनबाट अलग भएर कुनै जनप्रतिनिधिले काम गर्दछ भने प्रकारान्तरले ऊ आफ्नो राजनीतिक सङ्गठनको आस्थाबाट पर हट्नु हो ।

    राजनीतिक सङ्गठन र जनप्रतिनिधिको अन्योन्याश्रित सम्बन्ध रहन्छ । त्यसलाई जनताका सामु पारदर्शी बनाएर जनप्रतिनिधिले पेस गर्न सक्नुपर्दछ । राजनीतिक सङ्गठन पनि देश र जनताप्रति स्पष्ट नीति अपनाउने शक्तिको रूपमा रहनुपर्दछ ।

    (प्रस्तुत लेख का. विपुलले पार्टीका विभिन्न आन्तरिक प्रशिक्षणमा दिनुभएको मन्तव्यका मुख्य अंश हुन् । यसको सम्पादन का. रामप्रकाश पुरीले गर्नु भएको हो)

    आइतबार, साउन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.