रिसव आचार्य, तौलिहवा ।
कपिलवस्तुको बाणगङ्गा–६ मा राष्ट्रिय जनमोर्चाको वडाभेला सम्पन्न भएको छ ।
राजमो कपिलवस्तुका अध्यक्ष दधिराम आचार्यको प्रमुख आतिथ्यमा २०८० साउन २० गते शनिबार सो भेला सम्पन्न भएको हो ।
इन्द्रबहादुर परियारको अध्यक्षता, रिता पाण्डेको सञ्चालन तथा सिद्धि आचार्यको स्वागत मन्तब्यबाट अघि बढेको उक्त भेलामा प्रमुख अतिथि आचार्यले वर्तमान राजनीतिक अवस्था ,पार्टीको विचार, नीति, पार्टीले खेलेको भूमिका र आगामी कार्यक्रमसहित समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य रिसव आचार्यले विद्यार्थी सङ्गठन र पार्टीको भूमिकाबारे आफ्नो भनाइ राख्नभएको थियो ।
त्यस्तै, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य हिमलाल बेलबासेले मन्तव्य राख्दै शिक्षा र राजनीतिबिचको अन्तरसम्बन्धबारे प्रष्ट्याउनुभएको थियो ।
भेलाले रामप्रसाद गैरे अध्यक्ष रहनुभएको ११ पूर्ण र दुई वैकल्पिकसहित १३ सदस्यीय राजमोको वडासमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रिता पाण्डे, सचिवमा शेरबहादुर खनाल र कोषाध्यक्ष सनबहादुर गुरुङ चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा टामलाल बेलबासे, इन्द्रबहादुर परियार, डेमलाल न्यौपाने, शङ्कर चौधरी, भोसु चौधरी, इन्द्रा आचार्य र बलबहादुर नेपाली रहनुभएको छ ।

एवम् प्रकारले समितिको वैकल्पिक सदस्यमा एरिका नेपाली र मुक्ति पाण्डे तथा सल्लाहकारमा द्रोण आचार्य, राजु भुसाल र खिमबहादुर खड्का चयन हुनुभएको छ ।
नवनिर्वाचित समितिलाई राजमो जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेले बधाई तथा शुभकामना दिनुभएको थियो ।
भेलाले जिल्ला सम्मेलन, एरिया, टोल सििमति विस्तारलगायतका विषयमा निर्णय गरेको नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेले बताउनुभयो ।
राजमो कपिलवस्तुले भदौ २२ र २३ गते जिल्ला सम्मेलन गर्दै छ । त्यसैको पूर्वसन्ध्यामा वडा र नगरका भेला तथा सम्मेलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





