बागलुङबजार । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति बागलुङको जिल्ला भेला २०८० भदौ ८ र ९ गते बागलुङ बजारमा हुने भएको छ ।
अखिल (छैठौं) जिल्ला समिति बागलुङको बागलुङ बजारमा सम्पन्न बैठकले सो मितिमा जिल्ला भेला गर्ने निर्णय गरेको छ ।
अखिल (छैठौं) का पूर्व महासचिव भीमलाल पोखरेलको विशेष उपस्थितिमा सम्पन्न उक्त बैठकले जिल्ला भेलाका लागि आवश्यक निर्णयहरू गर्दै भेलाको तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको प्राप्त समाचारमा उल्लेख छ ।
जिल्ला अध्यक्ष गणेश सापकोटाका अनुसार भेलापूर्व जिल्लाका सबै पालिकाको सम्मेलन, भेला, बैठक गरिसक्ने निर्णय भएको बताइएको छ ।
त्यसका लागि निसिखोला गाउँपालिकामा सुमन बुढामगर र मिलन सुनार, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा विवश छन्त्याल र एलिना सिर्पाली, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र बडिगाड गाउँपालिकामा गणेश सापकोटा र कर्ण नेपाली, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा हीराबहादुर दर्लामी र नगेन्द्र थापा, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा गणेश सापकोटा र विवश छन्त्याल खट्ने निर्णय भएको छ ।
उहाँका अनुसार भेलामा जिल्लाका सबै पालिकाका अधिकांश विद्यालयबाट प्रतिनिधित्व रहने छ ।





