तमघासबजार । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर २ पिपलबोटमा तीन ऐतिहासिक अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाको आयोजनामा २०८० साउन १७ गते बुधबारका दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा गुल्मी जिल्ला अध्यक्ष रामकुमार क्षेत्रीले जननताको माझमा सङ्गठनात्मक कार्य र देशको तात्कालिक राजनीतिक परिस्थतिको बारेमा प्रशिक्षण चलाउनुभएको थियो ।

त्यस्तै, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेलले माक्र्सवाद, लेनिनवाद र संशोधनवादको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
राजमो वडा नं. २ का अध्यक्ष अमर रानाको अध्यक्षता तथा नेकपा (मसाल) गुल्मीका प्रवक्ता ओमेन्द्र कुँवरको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा उपस्थित सहभागीलाई राजमो गाउँपालिका सदस्य रोमबहादुर कुँवरले स्वागत गर्नुभएको थियो ।
प्रशिक्षणमा गाउँपालिकाको वडा नं. १, २, ५ र ६ का तीन दर्जनभन्दा बढीको सहभागिता रहेको थियो ।
राजमो २ नं. वडासमितिका अध्यक्ष अमर रानाका अनुसार प्रशिक्षणसँगै पालिकास्तरीय आगामी कार्यक्रम तयार पारिएको छ ।
