• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालको राष्ट्रियता र सीमा समस्या


  •   बिहिबार, साउन १८, २०८० मा प्रकाशित
  • का. शरद ##

    Advertisement

    राष्ट्रहरू सीमाबद्ध हुन्छन् । सीमाका कारण राष्ट्रको बेग्लाबेग्लै अस्तित्व, स्वतन्त्रता र स्वाधीनता निर्माण हुन्छ । सीमामा आउने विवाद र गडबडीका कारण राष्ट्रहरूको सम्बन्धमा दरार पैदा हुन्छ । कहिलेकाँही सीमाका कारणले राष्ट्रहरूमाझ भयानक युद्ध चलेका कैयौँ घटना इतिहास पनि पाइन्छन् । यसरी सीमाको प्रश्न गम्भीर र महत्त्वपूर्ण हुन्छ ।

    नेपाल दुई ठुला मुलुकमाझमा रहेको छ । त्यसैले नेपालले दुबै देशसँगको सीमाबारे गम्भीर बन्नुपर्ने हुन्छ । देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनता कायम राख्नका लागि सीमाको प्रश्नलाई नेपालले सधैँ गम्भीरतापूर्वक लिनुपर्दछ । त्यसमा पनि दक्षिणतिर रहेको भारतसँगको भौगोलिक पहुँच दुबै मुलुकका सर्वसाधारणका लागि सुलभ छ । खुला सीमा रहेकाले भारतसँगको सीमा सम्बन्ध नेपालका लागि बढी गम्भीर छ ।

    यसको अर्थ नेपाल–चीन सीमासम्बन्ध गम्भीर नहुने भन्ने कुरा होइन । सीमाविदहरूले बेत्रावती सन्धि, थापाथली सन्धि, खासा सन्धि, केरुङ सन्धि आदि नेपाल–चीन सीमासित सम्बन्धित सन्धि बताएका छन् । ती सन्धिपछि नेपाल र चीनको सम्बन्ध एक प्रकारले स्थिर रहेको छ र स्वतन्त्रताको आपसी सम्मान भइरहेको देखिन्छ । उत्तरतिर भूपरिवेष्ठित भौगोलिक कारणले पनि सीमा विवाद भएको पाइँदैन ।

    नेपालको राष्ट्रियताको प्रश्न नेपाल–भारत सीमा सम्बन्धसित गम्भीर रूपले जोडिएको छ । पहिलो कुरा त नेपाल–भारतमाझ खुला सीमा रहेकाले यो प्रश्न गम्भीर छ । दोस्रो कुरा, भारतीय शासकको चरित्र साम्राज्यवादी रहेकाले नेपालप्रति उनीहरूको दृष्टिकोण अतिक्रमणकारी रहेको छ । तेस्रो कुरा, नेपालका शासकवर्गको चरित्र भारतपरस्त रहँदै आएको छ । यी सबै कारणले नेपालको राष्ट्रियताको प्रश्न गम्भीर बन्न जान्छ । त्यसरी नेपाल–भारत सीमा सम्बन्ध राम्रो रहेको छैन ।

    भारतले सीमामा अनेक प्रकारका निहुँ खोजिरहेको हुन्छ । पहिले नेपालका कालापानी क्षेत्रका भूभागसमेत समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपालको स्वतन्त्र अस्तित्वको भावनामाथि चोट पुर्‍याउने काम गरेको थियो । अहिले केही समयअगाडि मात्र भारतले आफ्नो संसद् भवनमा राखेको नयाँ नक्सामा पनि नेपालका कपिलवस्तु, लुम्बिनी आदि क्षेत्रलाई भारतीय नक्सामा सामेल गरिएको छ । त्यसरी भारतीय साम्राज्यवादको कुरूप चरित्र प्रदर्शन गराउनका लागि त्यो नक्सा काफी छ ।

    बुद्धिनारायण श्रेष्ठले आफ्नो “नेपालको सिमाना” पुस्तकमा भारतले सीमा मिचेको सन्दर्भलाई यसरी उल्लेख गरेका छन् : “भारत स्वतन्त्र भएपछि टड्कारो रूपले भारतले धेरै क्षेत्रफलमा सीमा मिचेको २०११ साल (सन् १९५४) देखि नवलपरासी जिल्लाको सुस्ता नरसाही क्षेत्रमा रहेको देखिन्छ । यसपछिको ठुलो भूभाग भारत–चीनका माझ युद्ध भएको समय २०१९ साल (सन् १९६२) देखि मिचिएको र तत्पश्चात २०५३ सालदेखि व्यापक रूपमा प्रकाशमा आई बहुचर्चित कालापानी–लिम्पियाधुरा क्षेत्र नै हो । यसपछि क्षेत्रफलको हिसाबले मेची नदी क्षेत्रको भूभाग २०५२ सालदेखि मिचिँदै आएको पाइन्छ । हुँदाहुँदा अहिलेसम्म दुई देशबिचको सीमारेखामा रहेको २६ जिल्लामध्ये २१ जिल्लाका ५३ ठाउँमा सीमा मिचिन पुगेको देखिन्छ” (श्रेष्ठ† २०६१ : २६६) । त्यसरी मिचिएको जमिन हजारौँ बिगाहा र लाखौँ रोपनी भएको कुरा पनि उक्त पुस्तकमा उल्लेख गरिएको छ ।

    नेपाल र भारतका माझमा खुला सीमा रहेको छ । यसरी खुला सीमा रहने कुराले दुबै मुलुकका जनताको माझमा व्यावहारिक सम्बन्धका लागि अनुकूल हुन्छ । भावनात्मक सम्बन्ध पनि कायम गर्न सहज हुन्छ तर त्यस प्रकारको स्थितिलाई कायम राख्नका लागि दुबै मुलुकले कार्यान्वयन गर्नुपर्ने केही महत्त्वपूर्ण आचरण पनि हुन्छन् । त्यसमध्ये अवाञ्छित गतिविधि हुन नदिने, सीमाको भूगोलप्रति दुबै देश संवेदनशील हुने, एकार्काको राष्ट्रियता र स्वतन्त्रतालाई स्वीकार गर्ने जस्ता मित्रवत् व्यवहार हुनु महत्त्वपूर्ण आचरण हुन् ।

    भारत स्वयम्ले भारत–नेपाल सीमा क्षेत्रमा अवाञ्छित गतिविधि गर्दै आएको छ । सीमाको विषयमा भारतले नेपालप्रति गरेको व्यवहारलाई लिएर नेपालका जनताले पटक पटक सङ्घर्ष गर्नुपरेको छ । राजनीतिक सङ्घर्षमा मात्र होइन, सीमामा भएको अतिक्रमणको विषयलाई लिएर जनताले डटेर प्रतिवाद गर्नुका साथै सहादतसमेत प्राप्त गरेका छन् । यसरी सीमाक्षेत्रमा बसोबास गर्दै आएका जनताले देशभक्तिको स्वत:स्फूर्त भावनाबाट सङ्घर्ष गर्दै भारतीय साम्राज्यवादको प्रतिवाद गरेको भए पनि नेपालको सरकारले सीमा समस्यालाई स्थायी रूपमा समाधान गर्ने गरी कुनै कदम उठाएको पाइँदैन ।

    कालापानी क्षेत्रको लिपुलेक समस्या प्रबल रहेको छ । कालापानी टिङ्कर क्षेत्रको नेपाली भूभागमा सैनिक क्याम्प राख्ने भारतीय साम्राज्यवादको नाङ्गो चरित्रलाई नेपाल सरकारले बुझेको थिएन र बुझ्न सक्दैन भन्ने कुरा कुनै पनि अवस्थामा सही हुँदैन । सत्ताभन्दा बाहिर रहँदा चर्को राष्ट्रियताको कुरा गरेर जनताको सहानुभूति प्राप्त गर्ने र सत्तामा पुगेपछि विदेशी साम्राज्यवादको दलाली गर्ने नेपाली शासकवर्गको चरित्र रहँदै आएकाले देशमा राष्ट्रियताको प्रश्न सधैँ गम्भीर बन्ने गरेको छ । सत्तास्वार्थका लागि नेपाली शासकवर्गले विदेशीको गुलामी र दलाली किन गर्नुपरेको छ ? के नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र होइन भन्ने प्रश्न नेपाली जनताको सामु अनुत्तरित रहेका छन् । सीमाक्षेत्रमा रहेका कोशी बाँध, लक्ष्मणपुर बाँध, टनकपुर बाँध सर्वथा विवादित अवस्था रहेका छन् भने तिनले नेपालको राष्ट्रियता र स्वतन्त्रताको प्रश्नलाई झस्काइरहन्छन् । नागरिकता, विभिन्न व्यापार सम्झौता, जलसन्धि र अन्य सन्धिसम्झौता जस्तै सीमासम्बन्धीको समस्या नेपालको राष्ट्रियतासँग गम्भीर प्रकारले जोडिने गर्दछ ।

    नेपाली राजनीतिमा विभिन्न साम्राज्यवादी स्वार्थको लागि काम गर्ने घुसपैठियाको कमी छैन । अब त उनीहरूले राजनीतिमा बलियो पहुँच राख्न थालेका छन् र संसद्मा पनि उनीहरूको आवाज प्रकट रूपमा सुनिन थालेको छ । पहिले उनीहरू घुसपैठियाका रूपमा रहने गरेको भए पनि अब आफ्नै राजनीतिक सङ्गठनमार्फत आफ्नो प्रभाव बढाउन थालेका छन् । त्यसरी राजनीतिक रूपमा पनि साम्राज्यवादी शक्तिहरू नेपाली राजनीतिमा हाबी हुँदै गएको कुरा स्पष्ट छ ।

    विभिन्न सन्धिसम्झौताबाट नेपालको राष्ट्रियतामाथि कुठाराघात भएका छन् । नेपालको सरकार निर्माण र कुनै राजनीतिक सङ्गठन सत्ताआरोहण गर्ने वा पतन हुने कुरा विदेशी शक्तिको तजबिजमा चल्दा नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर आँच आउने गरेको छ । भारतसितको सीमासम्बन्ध गम्भीर छ भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग जानकारी हुनुपर्छ । भारतीय साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्ने बेलामा सीमाको प्रश्नलाई ध्यानमा राख्नु अनिवार्य हुन्छ ।

    हाम्रो पार्टी नेकपा (मसाल) ले राष्ट्रियताका विषयलाई लिएर लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ । राष्ट्रियतालाई महत्त्वका साथ उठाइरहनुपर्ने आवश्यकतालाई मसालले ध्यान दिएको पाइन्छ । सम्पूर्ण देशभक्त जनता नै त्यस विषयमा जानिफकार हुनुपर्ने आवश्यकता छ ।

    (प्रस्तुत लेख का. शरदले पार्टीका विभिन्न आन्तरिक प्रशिक्षणमा दिनुभएको मन्तव्यका मुख्य अंश हुन् । यसको सम्पादन का. रामप्रकाश पुरीले गर्नुभएको हो)

    बिहिबार, साउन १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.