• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

अखिल (छैठौं) द्वारा स्मृतिशेष बबिताप्रति श्रद्धाञ्जली


  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल (छैठौं) ले पूर्व केन्द्रीय सदस्य बबिता थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    Advertisement

    अध्यक्ष देवेन्द्र कुँवरले युनियनको तर्फबाट २०८० साउन १६ गते शोकवक्तव्य जारी गर्दै शोक व्यक्त गरिएको हो ।

    स्मृतिशेष बबिता थापा अखिल (छैठौं) को सत्रौँ राष्ट्रिय सम्मेलनपछि केन्द्रीय सदस्य तथा अर्घाखाँची र बागमती प्रदेशमा समेत सङ्गठनमा काम गरेको स्मरण वक्तव्यमा गरिएको छ ।

    बबिताको निधनबाट सङ्गठनले इमानदार, जुझारु र मिलनसार योद्धा गुमाएको बताउँदै अखिल (छैठौं) ले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

    यस्तो छ, शोकवक्तव्यको पूर्ण :

    “अखिल (छैठौं) का पूर्व केन्द्रीय सदस्य बबिता थापाको ३८ वर्षको उमेरमा भएको असमायिक निधनले हाम्रो युनियन स्तब्ध भएको छ । यस दुखद घडीमा मृतक बबिता थापाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दैै शोकसन्तप्त पारिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।

    उहाँले अखिल (छैठौं) को सत्रौँ राष्ट्रिय सम्मेलनपछि केन्द्रीय समितिको सदस्यमा रहेर वामपन्थी, प्रगतिशील तथा जनतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी, उहाँले अर्घाखाँची जिल्ला समिति र बागमती प्रदेशमा समेत नेतृत्वमा रहेर विद्यार्थी आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएको थियो । उहाँ सङ्गठनले सञ्चालन गरेका विभिन्न अभियानमा समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

    उहाँका दुबै मृगौलाले काम नगरेपछि आठ वर्षअघि आफ्नो बुबाद्वारा मृगौला प्रत्यारोपण गर्नुभएको थियो । केही दिनदेखि बिमारी पर्नुभएकी थापाको टिचिङ अस्पतालमा उपचारकै क्रममा साउन १५ गते निधन भएको छ । उहाँले पछिल्लो समय “आफ्नो मृगौला आफै बचाऊँ” अभियान सञ्चालन गरेर देशका विभिन्न स्थानमा सचेतना अभियानसमेत सञ्चालन गर्नुभएको थियो ।

    उहाँको निधनबाट हामीले एउटा इमानदार, जुझारु र मिलनसार योद्धा गुमाएको छौँ भने सङ्गठनलाई अपूरणीय क्षति भएको छ । अन्तमा हामीले पुन: उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ ।”

    मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.