काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को महासचिवमा भीष्म जोशी चयन हुनुभएको छ ।
Advertisement
अध्यक्ष समीर सिंहका अनुसार २०८० साउन १४ गते सम्पन्न केन्द्रीय समितिको भर्चुअल बैठकले सो निर्णय गरेको हो ।
बैठकले आगामी साउन २१ गते आइतबार साँझ ७ बजेदेखि कवितालेखन कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
कार्यशालामा प्रगतिवादी साहित्यकार डा. देवी नेपालले प्रशिक्षण दिनुहुने बताइएको छ ।
त्यस्तै, बैठकले आगामी असोज महिनाभित्र अनियतकालीन पत्रिका प्रकाशन गर्ने भएको छ । सो पत्रिकाको नाम केही दिनभित्रै तय गरिने अन्पाले जनाएको छ ।
अध्यक्ष सिंहका अनुसार अन्पाले प्रदेश र जिल्लामा सङ्गठनको विस्तार गर्ने निर्णय पनि गरेको छ ।