काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क टियोङबीच भेटवार्ता भएको छ ।
Advertisement
बिहीबार जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।