• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको प्रेरणा यथावत नै छ


  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
  • मिना पुन

    Advertisement

    सन् १९११ देखि संसारभरका श्रमिक महिलाले ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउँदै आएका छन् । पुँजीवादी व्यवस्थामा भएको मजदुर वर्गमाथिको शोषण विरुद्धको आन्दोलनको गर्भबाट ८ मार्चको जन्म भएको हो । ८ मार्चले महिला मजुदरमाथिको चरम शोषण, अन्याय, अत्याचार र भेदभावको विरुद्ध उनीहरूले गरेको ऐतिहासिक आन्दोलनको गौरवपूर्ण इतिहास बोकेको छ । अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलनको सन्दर्भमा ८ मार्चलाई एउटा ऐतिहासिक दिनको रूपमा स्मरण गर्ने गरिन्छ । उक्त दिनलाई विश्वभरिका महिलाले विभिन्न कार्यक्रमको साथ मनाउने गर्दछन् ।

    सामन्ती व्यवस्थाले महिलालाई घरको चारदिवारभित्र सीमित राख्ने र उनीहरूलाई उत्पादनको शक्ति नै नमान्ने चिन्तनबाट ग्रस्त थियो । त्यसकारण उक्त सामन्ती व्यवस्थाको सदियौँ वर्षसम्म महिलाले घरेलु अनुत्पादक काममा मात्र सीमित रहे । उनीहरूले घरेलु कामभन्दा बाहिर निस्केर उत्पादनमूलक काममा सहभागी हुनेबारेमा कुनै प्रकारको अवसर नै पाएनन् र त्यसमा नै कुण्ठित भए ।

    पुँजीवादी व्यवस्थाले सामन्ती व्यवस्थाको महिलाप्रतिको गलत चिन्तनको अन्त गर्दै उनीहरूलाई घरको चारदिवारबाट बाहिर निकालेर उत्पादनको क्षेत्रमा सहभागी गरायो । यस प्रकारको कार्य महिलाका लागि निकै महङ्खवपूर्ण कदम थियो । जीवनका सम्पूर्ण समय घरको चुलाचौका, बालबच्चाको जन्म र स्याहारसुसार, वृद्धावृद्धको पालनपोषण, सरसफाइ आदि अनुत्पादक घरेलु काममा बिताउनुपर्ने अवस्थाबाट मुक्त भएर घरभन्दा बाहिर कलकारखानामा पुरुषसरह उत्पादनशील काममा सहभागी बन्न पाउनु महिलाका लागि सामान्य विषय थिएन । त्यो महिला मजदुरसमेतको लामो समयदेखिको आन्दोलनको महङ्खवपूर्ण उपलब्धी थियो । तर यो व्यवस्थाले पनि महिलामाथि विगतका व्यवस्थाले थोपरेका आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विभेदबाट उनीहरूलाई मुक्त गर्नेभन्दा पनि झन् दोहोरो श्रमको शिकार बनायो ।

    पुँजीवादी व्यवस्थाले महिलालाई पुरुषसरह आर्थिक क्षेत्रमा उत्पादनमूलक काममा सहभागी बन्ने अवसर त दियो । तर विगतदेखि गर्दै आएको घरेलु श्रमबाट भने उनीहरू मुक्त हुन सकेनन् । त्यसकारण महिलाहरू दोहोरो शोषणको मार खेप्न बाध्य भए । एकातिर, महिलाले मजदुर भएका कारण मतदानको अधिकारबाट वञ्चित, ज्यालामा असमानता, असीमित कामको समय, कारखानाको कैयौँ अव्यवस्थाको विरुद्ध सङ्घर्ष गर्नुपर्ने भयो भने अर्कोतर्फ, घरपरिवारका सम्पूर्ण कार्यका जिम्मेवारी पनि आफैले बहन गर्नुपर्ने भयो । त्यसो हुनाले पुरुष मजदुरको तुलनामा महिला मजदुरले अझ बढी श्रमको चाप परेकाले त्यसको विरुद्धमा सङ्घर्ष गर्नुपर्ने अवस्थाको सृजना भयो ।

    महिला मजदुरले आफूमाथि भइरहेका सबैखाले भेदभावको अन्त र पुरुषसरह समान अधिकारका लागि आन्दोलनलाई निरन्तर अगाडि बढाए । अमेरिका, युरोपलगायतका महादेशका विभिन्न देशमा कलकारखानामा काम गर्ने महिला मजदुरले आफ्ना माग पूरा गराउन आन्दोलनलाई व्यापक बनाएर गरे । त्यस क्रममा कैयौँ मागहरू आन्दोलनकै माध्यमबाट प्राप्त गरेका पनि छन् ।

    १८३२ मा हल्यान्डका महिलाले असमान ज्यालाको विरोधमा व्यापक आन्दोलन गरेका थिए । १८३५ मा बोस्टनका मजदुर महिलाले असीमित कामको समयलाई १० घण्टामा मात्र सीमित गर्नुपर्ने माग गर्दै ठुलो आन्दोलनको घोषणा गरे । १८४८ मा अमेरिकाका श्रमिक महिलाले समान ज्याला, मतदान अधिकारको माग गर्दै आन्दोलनको सुरुवात गरे । १८६४ मार्च ८ का दिन अमेरिकाको न्युयोर्कमा रहेका कारखानामा महिलाले व्यापक प्रदर्शन गरेका थिए ।

    कामको समय ८ घण्टा गराउनुपर्ने, मतदानमा अधिकार पाउनुपर्ने मागसहित उक्त आन्दोलन भएको थियो । १८६७ मा अमेरिकाको म्यानचेस्टर शहरमा महिलाको मताधिकारको माग, समान ज्याला, ८ घण्टा कामको समयको माग गर्दै व्यापक आन्दोलन भए । यसरी विभिन्न समयमा विभिन्न देशका शहरमा भएका ठुला ठुला महिला आन्दोलनको बलबाट त्यहाँका महिलाले मतदानको अधिकार, ८ घण्टाको कामको समयलगायतका अधिकार कानुनी रूपमा नै प्राप्त गर्न सफल भएका थिए । १८६८ मा नै अमेरिकाले उक्त अधिकारलाई कानुनी रूपमा स्वीकार गरेको थियो । तर त्यसको कार्यान्वयन भएन ।

    महिला आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउने काममा क्लारा जेटकिनको महङ्खवपूर्ण भूमिका रहेको छ । क्लारा जेटकिन १८८९ मा भएको द्वितीय अन्तर्राष्ट्रियको स्थापना कांग्रेसकी एक कार्यकर्ता थिइन् । उक्त कांग्रेसमा उनैले महिलाका हक, अधिकारको पक्षमा व्यापक आवाज उठाइन् । १९०७ मा जर्मनको स्टुटगार्डमा प्रथम अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो ।

    सम्मेलनले क्लारा जेटकिनलाई सेक्रेटरीमा निर्वाचित ग¥यो । उनी १९१७ सम्म उक्त पदमा रहेर महिला आन्दोलनलाई समाजवादी दिशामा अगाडि बढाउन भूमिका खेलिन् । १९०८ मार्च ८ का दिन न्युयोर्कमा महिलाले मतदानमा अधिकारको माग गर्दै पुनः ठुलो आन्दोलन गरे भने १९०९ मार्च ८ कै दिन अमेरिकाको सिकागो शहरमा मजदुर महिलाले आफ्नो अधिकारको माग गर्दै आम हडताल र जुलुश प्रदर्शन गरे । १९१० मा डेनमार्कको कोपनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन सम्पन्न भयो ।

    उक्त सम्मेलनमा क्लारा जेटकिनले विभिन्न देशमा चलेको श्रमिक महिलाको आन्दोलनको समर्थन गर्दै ८ मार्चलाई श्रमिक महिला दिवसको रूपमा मनाउने प्रसताव गरिन् । सम्मेलनले उनको प्रस्तावलाई पारित ग¥यो । सम्मेलनमा श्रमिक महिलाको हक, हितको बारेमा दैनिक ८ घण्टा कामलगायतका विषयमा व्यापक छलफल भएका थिए भने महिलाका लागि पूर्ण मतदानको प्रस्ताव पनि पारित भएको थियो । सम्मेलनले मजदुर महिलाको आन्दोलनलाई समाजवादी आन्दोलनको अङ्गको रूपमा अगाडि बढाउनेबारेमा पनि व्यापक छलफल गरेको थियो । १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा विश्वभरि नै मनाउन थालियो ।

    १९११ मा जर्मनी, फ्रान्स, अमेरिका, अस्ट्रेलिया, स्विटजरल्यान्ड, डेनमार्क, बेलायत, इटालीलगायत १८ देशमा भव्य रूपमा ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको थियो । १९१३ मा बर्नमा सम्पन्न समाजवादी महिलाको सम्मेलनले समाजवादी आन्दोलनलाई अगाडि बढाउन सङ्घर्ष गर्नुपर्ने विषयमा जोड दिएको थियो । १९१७ मार्च ८ का दिन रुसको श्रमिक महिलाले तानाशाही जार शासनको विरुद्ध पिटर्सबर्गमा व्यापक जुलुश प्रदर्शन गरेका थिए भने सम्पूर्ण मजदुरले आम हडताल गरेर समर्थन जनाएका थिए । उक्त दिनको मजदुरको आन्दोलनले रुसमा जारशाही शासन खतम गर्न र समाजवादी व्यवस्थाको स्थापना गर्ने ठुलो आधार बनेको थियो ।

    १९१७ मा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसपछि भएका अन्तर्राष्ट्रिय सम्मेलन र त्यसको नेतृत्वले दक्षिणपन्थी संशोधनवादी दिशा लिँदै गयो । त्यसका साथै अन्तर्राष्ट्रिय महिला आन्दोलन कम्युनिस्ट विचार र सामाजिक प्रजातन्त्रवादी विचारको रूपमा विभाजित हुँदै गयो । खासगरी १९१९ मा वासिङटनमा, १९२५ मा भर्सिलिसमा, १९२६ र १९२८ मा ब्रसेल्समा भएका अन्तर्राष्ट्रिय सम्मेलनले समाजवादी क्रान्तिको विरुद्ध जाने तथा पुँजीवादी सत्तालाई समर्थन गर्ने नीति अपनाउँदै गए ।

    उक्त सम्मेलनमा महिला मजदुरको हितको रक्षा, आमा र बच्चाको कल्याण, बेरोजगारी समस्याको समाधानलगायतका सुधारवादी कार्य गर्नेबारेमा सीमित रह्यो । त्यस प्रकारको सम्मेलन र त्यसको नेतृत्वले लिएको संशोधनवादी दक्षिणपन्थी नीतिका विरुद्ध क्लारा जेट्किनलगायतका समाजवादी नेतृले कडा शब्दमा असहमति राखे ।

    यसरी पछिल्ला दिनमा महिला आन्दोलनका दुवै विचार सामाजिक प्रजातान्त्रिक विचार र कम्युनिस्ट विचारका बिचमा गम्भीर अन्तरविरोध बढ्दै गयो । यी दुईबिचको अन्तरविरोध के हो भन्नेबारेमा स्पष्ट पार्दै क्लारा जेट्किनले भनेका छन्– “महिलाको पूर्ण मुक्ति पुँजीवादी समाजमा सुधार गरेर सम्भव छ वा क्रान्तिद्वारा मात्र ? त्यो नै प्रमुख प्रश्न हो, जसले दुवै महिला आन्दोलनलाई एक–अर्काबाट आधारभूत रूपमा र कार्यनैतिक रूपले नै एक–अर्कालाई छुट्याउँछ ।” क्लारा जेटकिनको उक्त विचारले यो स्पष्ट हुन्छ कि महिलाको पूर्ण मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव छ र ८ मार्चको मूल मर्म नै समाजवादी क्रान्ति हो । हामीले ८ मार्चको मूल मर्मलाई आत्मसात गर्दै महिला आन्दोलनलाई समाजवादी क्रान्तिको दिशामा अगाडि बढाउनुपर्दछ ।

    संसारमा धेरै प्रकारका क्रान्ति र परिवर्तन भएका छन् । तर ती कुनै पनि प्रकारको बुर्जुवा क्रान्ति र परिवर्तनले महिलालाई मुक्ति दिन सकेको छैन । पुँजीवादी व्यवस्थाले महिलालाई उत्पादन प्रक्रियामा सहभागी बनाएता पनि उनीहरूमाथिको विभेदलाई भने कायम नै राखेको छ । अहिले पनि महिलाहरू पुँजीवादी उत्पीडनको शिकार बनिरहेका छन् । पुँजीवादले भोग्नुपरेको सामाजिक सङ्कटको पहिलो शिकार महिला नै भएका छन् ।

    आर्थिक सङ्कटको कारण मजदुरमा कटौती गर्नुपरेमा सबैभन्दा पहिला महिला मजदुरलाई नै निकाल्ने गरिन्छ भने अहिलेसम्म पनि संसारभरका महिला मजदुरले पुरुषको तुलनामा कम ज्याला पाउँछन् । साम्राज्यवादी युद्धले सबभन्दा बढी महिला र बालबालिकालाई पीडा दिइरहेको छ । यही व्यवस्थाले नै महिलाको मानवताको पर्दा च्यातेर वस्तुसरह किनबेच गर्ने र खेलौनाको रूपमा लिने गर्दछ । पुँजीवादी व्यवस्थाले पैसाका लागि आफ्नो शरीर बेच्नुपर्ने बाध्यतामा महिलालाई पारेको छ ।

    यो पुँजीवादी व्यवस्थाको उपज हो । त्यति मात्र होइन, महिलाहरू इज्जत र प्रतिष्ठाका लागि विदेश जाने विश्वभरिकै कैयौँ महिलाले अपमानित जीवन बिताइरहेका छन् । पुँजीवादी व्यवस्थाले महिलाको हक, हितको रक्षा गर्न र उनीहरूलाई पूर्ण मुक्ति दिन सक्दैन । त्यसकारण पुँजीवादी व्यवस्थाको अन्त र यसको ठाउँमा नयाँ जनवादी व्यवस्था हुँदै समाजवादी व्यवस्था स्थापनाका लागि हाम्रो आन्दोलन अगाडि बढाउनुपर्दछ ।

    १९१७ मा रुसमा भएको समाजवादी क्रान्तिले मात्र महिलालाई वास्तविक मुक्तिको प्रत्याभूति दिन सफल भएको थियो । समाजवादले महिलाको मुक्तिका लागि उनीहरूलाई घरको निजी काममा सहभागी बनाएको थियो । उनीहरूलाई घरेलु अनुत्पादक कामबाट बाहिर निकाल्न र ठुलो मात्रामा सामाजिक उत्पादनको काममा लाग्ने वातावरण तयार गर्नका लागि कैयौँ प्रकारका आधारशिला खडा गरिएका थिए । जस्तै– सार्वजनिक भोजनालय, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, कपडा धुने सार्वजनिक पसल, सामूहिक फार्मलगायतका आधारशिला, जसले महिलालाई घरभित्रको निजी अनुत्पादक कामबाट छुट्कारा दिलाएर सार्वजनिक उत्पादनका काममा पुरुषसरह लाग्न र महिला र पुरुषका बिचको भेदभावलाई मेटाउन महङ्खवपूर्ण आधार तयार भयो ।

    एक प्रसङ्गमा लेनिनले भनेका थिए– “हामीहरू सामूहिक भान्साघर, कपडा धुने एवम् मर्मत गर्ने पसल, शिशुगृह, किन्डरगार्टेन, बालबालिकाका लागि घर तथा सबै किसिमका शैक्षिक संस्था स्थापना गरिरहेका छौँ । सङ्क्षेपमा हामीहरू अलग अलग गृहस्थीको प्रबन्ध तथा शिक्षासम्बन्धी कार्यलाई समाजको जिम्मा लगाउने आफ्ना कार्यक्रमको मागलाई गम्भीरतापूर्वक पूरा गरिरहेका छौँ । यसरी महिलाहरू आफ्ना पुराना घरेलु दासता तथा पुरुषमा निर्भर रहने अवस्थाबाट मुक्त हुँदै छन् ।” लेनिनको उक्त भनाइले समाजवादीले नै महिलालाई सबैखाले दासताबाट मुक्त गर्न र उनीहरूलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न पूरा ध्यान दिन्छन् भन्ने कुरा स्पष्ट हुन्छ ।

    यस प्रकारका व्यवस्थाका साथै रुसमा सम्पूर्ण असमान कानुनको अन्त गरियो । महिला र पुरुषको बिचमा पूर्ण समानता कायम गर्ने कानुन निर्माण गरियो । यसरी रुसी समाजवादी व्यवस्थाले त्यहाँको महिलाको जीवनमा आमूल परिवर्तन ल्याइदियो । त्यसबेला रुसी महिलाले जुन खालको अधिकार प्राप्त गरे, त्यति अधिकार संसारभरिका कुनै पनि देशका महिलाले प्राप्त गर्न सकेका थिएनन् ।

    अहिलेसम्म पनि कुनै देशका महिलाले त्यति अधिकार प्राप्त गर्न सकेका छैनन् । रुसको समाजवादी क्रान्तिको विश्वभरिका शोषित, उत्पीडित जनताका लागि ठुलो महङ्खव छ । अहिले रुसलगायत विश्वका कुनै पनि देशमा समाजवादी व्यवस्था छैन । तर विश्वभरि विद्यमान पुँजीवादी व्यवस्थालाई समाप्त गरेर समाजवादी व्यवस्थाको स्थापनाका लागि ८ मार्चले प्रेरणा प्रदान गर्दछ नै ।

    ८ मार्चको सन्दर्भमा हामीले महिलालाई समाजवादी व्यवस्थाको स्थापना नभइकन उनीहरूको समस्याको ठोस समाधान हुँदैन भन्नेबारेमा चेतना जगाउने प्रयत्न गर्नुपर्दछ । विभिन्न प्रतिक्रियावादी व्यवस्थाअन्तर्गत पनि हामीले महिलाका बढीभन्दा बढी अधिकार र सुविधा प्राप्त गर्न सक्दछौँ । त्यसका लागि सङ्घर्ष गर्न जरुरी छ । तर महिलाका समस्याको अन्तिम समाधान समाजवादी व्यवस्थाको स्थापनापछि मात्रै सम्भव हुन्छ ।  ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले महिला आन्दोलनलाई त्यो दिशामा अघि बढाउन प्रेरणा प्रदान गर्ने छ ।

    बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    जेनजीले दिएको अविस्मरणीय घाउ : रेट्रोफिट हुन नसक्ने भएपछि सङ्ग्रहालय बनाइँदै

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.