• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा छोडेको समाचारमा सत्यता छैन : राजेन्द्र ढुङ्गाना


  •   बिहिबार, साउन ११, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गानाले राजमो छोडेको समाचारमा सत्यता नरहेको बताउनुभएको छ ।

    Advertisement

    कतिपय मिडियामा राजमोको केन्द्रीय सदस्य, बागलुङ जिल्ला अध्यक्ष र नेकपा (मसाल) बाटै राजीनामा दिएको समाचार दिएपछि त्यसको खण्डन गर्दै उहाँले सो जानकारी दिनुभएको हो ।

    युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो– ‘मैले राष्ट्रिय जनमोर्चा छोडेको समाचारका सत्यता छैन ।’

    तर उहाँले राजमोमा जिम्मा परिवर्तन गर्न खोजेको कुरा भने सत्य भएको जानकारी दिनुभयो ।

    ‘मैले राष्ट्रिय जनमोर्चामा जिम्मा परिवर्तन गर्न खोजेको कुरा सत्य हो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि मैले पार्टीको सम्बन्धित च्यानलभित्र कुरा राखेको छु । त्यसबारे पार्टीभित्रको प्रक्रियाअनुसार निर्णय हुने नै छ ।’

    उहाँले जिम्मा परिवर्तनसम्बन्धी कागजात प्राविधिक कारणले लिकेज भएको पनि स्वीकार्नुभयो ।

    ‘जिम्मा परिवर्तनसम्बन्धी मैले लेखेको निवेदन प्राविधिक त्रुटिका कारण बाहिएको सत्य हो’ उहाँले भन्नुभयो– ‘तर त्यसलाई मैले हटाइसकेको छु ।’

    जिम्मा परिवर्तन र पार्टी परित्याग एउटै होइन
    कतिपय मिडियाले जिम्मा परिवर्तन र पार्टी परित्याग गर्ने विषयलाई एउटै ठानेकोमा उहाँले खेद व्यक्त गर्नुभयो ।

    ‘म राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य हुँ । मैले बागलुङको पार्टीमा मात्रै काम गर्न पाउने, अन्यत्र गर्न नपाउने भन्ने हुँदैन । त्यसैले मैले जिम्मा परिवर्तनको विषय उठाएको थिएँ’ उहाँले भन्नुभयो– ‘यता, कतिपय मिडियाले यो विषयलाई पार्टीबाटै राजीनामा ठानेकोमा खेद प्रकट गर्दछु ।’

    उहाँले पारिवारिक कारणले जिम्मा परिवर्तन खोजेको तर त्यसका पछाडि अन्य कुनै पनि असन्तुष्टि वा विचारको विषय नरहेको पनि प्रष्ट पार्नुभयो ।

    ‘मेरो परिवारका सदस्यहरू अध्ययन, जागिरका कारणले फरक फरक जिल्लामा हुनुहुन्छ । वृद्ध बुबा चितवनमा हुनुहुन्छ । त्यो कारणले जिम्मा परिवर्तन गर्न पार्टीको पद्धतिअनुसार नै छलफल भइरहेको छ’ उहाँले भन्नुभयो– ‘यसरी राजमो केन्द्रीय सदस्य भएको हैसियतले देशको कुनै पनि जिल्लामा काम गर्ने गरी जिम्मा पाऊँ भन्ने विषय पार्टी परित्यागको हुँदै होइन ।’

    विषयवस्तुलाई ठिकसँग नबुझेर वा तथ्यहीन ढङ्गले समाचारको नाममा परिकल्पना लेख्ने कतिपय मिडियाको उहाँले आलोचना गर्नुभयो ।

    कसैले चाहेर मेरो चरित्रहत्या हुन्न
    युगदर्शनसँगको कुराकानीमा उहाँले कसैले चरित्रहत्याको प्रयास गरेर आफ्नो चरित्रहत्या हुन नसक्ने दाबी गर्नुभयो ।

    ‘म जबसम्म सही विचारको पक्षमा अडिग छु, तबसम्म कसैले गर्ने चरित्रहत्याको प्रयासले मेरो चरित्रहत्या हुने होइन’ उहाँले भन्नुभयो ।
    आफूसम्बन्धी समाचार प्रकाशन गर्ने मिडियाले भूमिगत पार्टीसित जोडेर अनर्गल विषय छापेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    ‘कतिपय मिडियाले मैले मसालभित्रको अल्पमतलाई साथ दिएको, बागलुङबाट सांसद पाउन खोजेको जस्ता अनर्गल कुरा छापेका छन्’ उहाँले भन्नुभयो– ‘यी अनर्गल कुरालाई जोडेर मैले राजीनामा दिएको विषय उठाइएको छ । त्यो अत्यन्त गलत तरिका हो ।’

    उहाँले आफूसम्बन्धी गलत समाचार छाप्ने मिडियालाई अनर्गल समाचार नछाप्न आग्रह गर्दै भन्नुभयो– ‘सूर्यलाई हत्केलाले छेकेर छेकिन्न ।’

    मसाल भूमिगत पार्टी
    कतिपय मिडियाले राजमो नेता ढुङ्गानाले नेकपा (मसाल) बाट पनि राजीनामा दिएको विषयमा उहाँले त्यसलाई आफूसित असम्बन्धित विषय भएको स्पष्ट पार्नुभयो ।

    ‘तपाईंहरूलाई थाहै छ त, नेकपा (मसाल) भूमिगत पार्टी हो’ उहाँले भन्नुभयो– ‘त्यो पार्टीभित्र को को छन् : कुन व्यक्ति कुन पदमा छन् : त्यो सो पार्टीको भूमिगत विषय हो । त्यसबारे मलाई केही थाहा हुने कुरा भएन ।’

    राजमो नेता ढुङ्गानाले कतिपय मिडियाले सस्तो लोकप्रियता हासिल गर्नका लागि आफूले पार्टी छोडेको तथ्यहीन हल्ला चलाएको बताउनुभयो ।

    ‘मैले पार्टी छोडेको भए लिखित राजीनामा आउँथ्यो वा मैले सार्वजनिक रूपमा घोषणा गर्थें’ उहाँले भन्नुभयो– ‘त्यस्तो तथ्य कसैले दिएका छैनन, खालि हल्ला मात्रै चलाएका छन् ।’

    उहाँले कतिपय मिडियालाई जिम्मेवार ढङ्गले प्रस्तुत हुन आग्रह गर्नुभयो ।

    बिहिबार, साउन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.