जनकराज पौडेल, चेन्नै (भारत) ।
दक्षिण भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा महिला प्रशिक्षण सम्पन्न भएको छ।
Advertisement
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य सरिता जिसीको प्रमुख आतिथ्यमा २५ जुलाई २०२३ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि जिसीले महिलाहरू तथा विविध विषयमा केन्द्रित रही प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य भगवती कुँवर, दक्षिण भारत क्षेत्रीय सदस्य बिरे थापा, भीमलाल शर्मा र विद्यार्थी विभागका सचिव कस्तुरी थापाको आतिथ्य रहेको थियो ।
उक्त कार्यक्रम लक्ष्मी विकको अध्यक्षता, मीना हमालको सञ्चालन र रूपा थापाको स्वागतमा सम्पन्न भएको थियो ।