काठमाडौँ । निर्वाचन आयोगले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च नबुझाउने उम्मेदवारलाई पन्ध्र हजार जरिवाना गरेको छ ।
Advertisement
२०८० साउन ९ गते मङ्गलबार प्रवक्ता शालिग्राम शर्मा पौडेलको हस्ताक्षरमा प्रेसविज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाका एक हजार ३७ जना र प्रदेशसभाका एक हजार तीन सय ९८ जना गरी दुई हजार चार सय ३५ जना उम्मेदवारलाई जरिवाना तोकिएको हो ।
विज्ञप्तिमा निर्वाचन खर्च नुबझाएका उम्मेदवारले ३५ दिनभित्र उक्त रकम दाखिला गरी त्यसको भौचर सात दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न भनिएको छ ।
त्यस्तै आयोगले सो जरिवाना रकम तोकिएको समयभित्र नबुझाएमा तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवानाबापत्को रकम सरकारी बाँकीसरह असुलउपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
