पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा देशैभरिका प्रज्ञा–प्रतिष्ठानमाझ पोखरामा अन्तक्र्रिया हुने भएको छ ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, मधेस प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको सहभागिता रहने छ । मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ ।
कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो ।
केही कार्यक्रम प्रतिष्ठानबिच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उहाँले बताउनुुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् । (रासस)