काठमाडौँ । रक्तिम सांस्कृतिक अभियान काठमाडौँ जिल्ला समितिले प्रगतिशील कौडागीत “नेपाली माटोमा” सार्वजनिक गरेको छ ।
२०८० साउन ८ गते सोमबार आश्रम म्युजिक च्यानलबाट सो अडियो एल्बम सार्वजनिक भएको हो ।
सो गीतिएल्बममा शब्द रक्तिमका पूर्व केन्द्रीय अध्यक्ष तथा बहालवाला सल्लाहकार रेम रानाको रहेको छ ।
एल्बममा रक्तिमकै केन्द्रीय सचिव सबिन अर्गेजा र केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला सदस्य मिस्मा पुनको स्वर रहेको छ ।
सङ्गीत तथा सङ्गीत संयोजन सौगात सायरले गर्नुभएको एल्बम सात मिनेट ५९ सेकेन्डको रहेको छ ।
यस्तो छ गीत :
नेपाली माटोमा फूल रोपौँ यसपालि
विश्वलाई चिनाउने सगरमाथा हामी नेपाली
जाति र जनजाति मानव हुन् जगत्का
नेपाली आमाका सन्तान हुन् एउटै रगतका
के हामी हिमाली मधेस पहाड तराई
नेपाली धर्तीका सन्तति हौँ होइनौँ पराइ
हामीलाई फुटाउन सङ्घीयता जारी भो
विदेशी शक्तिले बोकाएको विषको भारी हो
विश्व मानचित्रमा नेपाल देश बचाउन
देशभक्त नेपाली ढिलो भयो अब जागौँ न