काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति जारी गरेसँगै त्यसको सकारात्मक प्रभावस्वरूप नेप्से परिसूचक बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिले बैङ्क तथा वित्तीय संस्थाको नीतिगत दर तथा निक्षेप सङ्कलन बोलकबोल दर घटाएका छ भने नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ ।
बैङ्कदर यथावत राख्ने, ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने र सेयर धितो कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने विषय पनि मौद्रिक नीतिमा राखिएको छ । उक्त नीतिका कारण ब्याजदर घट्ने अनुमान गरिएको छ ।
मौद्रिक नीतिमा यस्ता व्यवस्था आएसँगै पुँजीबजारका लगानीकर्ता उत्साहित भएका छन । आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ अङ्कमा कायम भएको छ । यो दुई दशमलव ९२ प्रतिशतको वृद्धि हो ।
आइतबार दुई सय ६६ कम्पनीको एक करोड २० लाख दुई हजार तीन सय आठ कित्ता सेयर ७५ हजार ८६ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ३७ करोड ५१ लाख ९६ हजार दुई सय ३२ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचकमा आज उच्च अङ्कको वृद्धि देखिएको छ ।
सबैभन्दा धेरै विकास बैङ्क समूह एक सय ९५ दशमलव ३६ र होटल तथा पर्यटन समूह एक सय ७७ दशमलव २२ अङ्कले बढेको छ ।
बैंकिङ ६५ दशमलव ५६, वित्त ३३ दशमलव ५१, जलविद्युत ४० दशमलव ७७ र लगानी समूह दुई दशमलव ५५ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा समूह एक सय २५ दशमलव ५१, उत्पादन तथा प्रशोधन समूह ९२ दशमलव १५, लघुवित्त समूह ४९ दशमलव ६५, म्युचुअल फन्ड शून्य दशमलव ०८, निर्जीवन बीमा एक सय ५८ दशमलव ११, व्यापार एक सय २१ र अन्य समूह २२ दशमलव ३४ अङ्कले बढेको छ ।
आजको कारोबारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एनआइबिल ग्रोथ फन्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम सिमेन्ट लिमिटेडको रू १४ करोड ८१ लाख ५९ हजार ३७ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै ग्लोबल आइएमई बैङ्क लिमिटेडको पाँच लाख ७० हजार सात सय ५१ कित्ता सेयर किनबेच भएको छ ।