दिनेश रैदास, दाङ ।
दाङको राप्ती गाउँपालिका–२ लालमटियास्थित गोर्खा आइडल स्कुलको आयोजनामा विद्यालयका एकदिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय कार्यसमितिका सदस्य लोकमान रिजालको अध्यक्षता र प्रिन्सिपल वसन्त पुनको सञ्चालनमा २०८० साउन ६ गते शनिबार सम्पन्न प्रशिक्षणमा खगेन्द्रपदमा ट्रेनिङ एन्ड काउन्सिलिङ सेन्टर काठमाडौँका प्रबन्धक निर्देशक पुरुषोत्तम गौतमले प्रशिक्षण दिनुभएको थियो ।

विद्यालयका छात्रछात्राको गुणस्तरीय शिक्षा, अनुशासन र दक्षता हासिल गर्नका लागि अभिभावकको पनि महŒवपूर्ण भूमिका रहने भएकाले यस प्रकारका कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभापति तथा कार्यसमिति सदस्य रिजालले बताउनुभयो ।
तीन सय बढी अभिभावकको सहभागिता रहेको उक्त प्रशिक्षणमा अधिकांश महिला अभिभावकको सहभागिता रहेको थियो ।
गोर्खा आइडल स्कुलले स्थापनाकालको तेस्रो शैक्षिक क्षेत्रमै नर्सरीदेखि कक्षा १० मा अध्यापन गराइरहेको छ । राप्ती गाउँपालिकाको सभाहल मसुरियामा भएकोे उक्त प्रशिक्षणमा श्रव्यदृश्य विधिद्वारा प्रशिक्षण दिएको थियो ।


