• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

समाजवादी मोर्चाले प्रतिगमन विरुद्ध भूमिका खेलोस्


  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
  • गौरिश्वर पाण्डे ##

    Advertisement

    केही समयपहिले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा (विप्लव पक्ष) र जनता समाजवादी पार्टीमाझ समाजवादी मोर्चा, नेपाल गठन भएको कुरा पत्रपत्रिका र सामाजिक सञ्जालमा देख्न पाइयो । हुन त हरेक विषयमा फुटेकोभन्दा जुटेको राम्रो मानिन्छ तर जुट्नु वा संयुक्तमोर्चा निर्माण गर्नुको वास्तविक अर्थ र उद्देश्य पूरा गर्नेतिर लक्षित हुनुपर्दछ ।

    यस्तो मोर्चा निर्माण गर्दा तात्कालिक र दीर्घकालीन विषयमा पनि अर्थ राख्नुपर्ने हुन्छ । यस्तो मोर्चा गठन गर्दा आफ्ना नीति तथा सिद्घान्तलाई पनि आधार बनाउनु मुख्य विषय हो तर यो मोर्चाको मुख्य उद्देश्य प्रचण्डका अनुुसार प्रतिगमनकारी शक्तिको विरुद्घ प्रहार गर्नका लागि हो भन्ने बुझिन्छ । यो उद्देश्य आफैमा नराम्रो होइन । त्यसो भएको भए राम्रै भयो तर यो मोर्चामा कुन कुन राजनीतिक उदद्दश्य बोकेका राजनीतिक पार्टी वा समूह छन् भन्ने कुराको बारेमा हामी प्रष्ट हुनुपर्दछ ।

    देश एकातिर प्रतिगमनकारी शक्ति र अर्कोतिर अमेरिकी र भारतीय साम्राज्यवादी शक्तिको दोहोरो चपेटामा परेको अवस्था छ ।

    देशभित्र लामो समयसम्म जनताले ठुला ठुला सङ्घर्ष गरेर राजतन्त्रको अन्त्य गरी स्थापना गरेको गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलीय व्यवस्थामाथि आफ्नो गुमेको स्वर्ग फर्काउन राजावादीहरू सक्रिय रूपमा अगाडी आइरहेको अवस्था छ भने अर्कातिर विगतमा गणतन्त्र ल्याउन सङ्घर्ष गरेका शक्तिहरू पनि आज राजतन्त्रको साथसाथै हिन्दु धर्म पुनस्र्थापना गराउनतिर लागेका छन् । उता, भारतीय साम्राज्यवादले सुुरुदेखि नै नेपाली जनता र नेपाली भूमिमाथि आफ्नो हस्तक्षेपकारी भूमिकालाई अझ तीव्र पार्दै लगेको छ ।

    यस्तो अवस्थामा तत्कालका लागि गणतन्त्र, धर्मनिरपेक्षता, बहुदलीय व्यवस्था र राष्ट्रियताको रक्षाको लागि सबै देशभक्त र न्यायप्रेमी जनसमुदायहरू एकजुट भएर राष्ट्रिय आन्दोलनलाई अगाडि बढाउनु आजको आवश्यकता हो तर अहिले गठन भएको समाजवादी मोर्चा, नेपालमा सामेल राजनीतिक शक्ति वा समूहको राजनीति र सिद्घान्त यसको लक्ष्य उद्देश्यभन्दा बाहिर जाने त होइन भन्ने आशङ्का गर्नुपर्ने हुन्छ ।

    नेकपा (विप्लव पक्ष) ले संसदीय व्यवस्थाको तत्काल अन्त हुनुपर्छ; एमसिसी खारेज हुनुपर्छ; अमेरिका र भारतले नेपालमाथि गरेको हस्तक्षेप अन्त्य हुनुपर्दछ भन्नुका साथै “एकीकृत जनक्रान्ति” को नारा अगाडि सारेको छ ।

    उपेन्द्र यादव नेतृत्वको समूह जसरी पनि भारत तथा अमेरिकन शासकलाई खुसी पारेर एक मधेस एक प्रदेशको नारा साकार गरी तराई क्षेत्र छुट्टै बनाएर भारतको इच्छा र निर्देशनमा आफू सत्तामा रहिरहने र यही संसदीय व्यवस्थामा रजगज गरिरहने योजनामा छ ।

    त्यस्तै नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पनि जसरी भए पनि अमेरिका र भारतलाई खुसी पारी आफू वर्तमान सत्तामा रहिरहने प्रपञ्ज रचिरहेका छन् । यसका ज्वलन्त उदाहरणहरू भारतको इसारा र चाहनाअनुुसार नेपालमा सङ्घीयता भित्राउने काम, आफू सत्तामा टिकिरहन नेपालको राष्ट्रियतामाथि आँच आउने काम, सन् १९५० लगायतका असमान सन्धिसम्झौता गर्नुका साथै अपर कर्णाली, अरुण तेस्रो जस्ता नदी भारतलाई सुम्पने कार्य हुन् । त्यतिले मात्र पुगेन, सन् १९६२ नोभेम्बरदेखि भारतले नेपाली भूभाग कालापानी मा आफ्ना सैनिकहरू अहिलेसम्म राखेको छ । नेपालका शासकहरूले आफ्नो भूमिबाट विदेशी सेना हटाउन पहल गरेका छैनन् । यति मात्र होइन, अहिले पनि भारतले नेपालको करिब ६१ हजार हेक्टर जमिन अतिक्रमण गर्नुका साथै भारत र नेपालबिचमा भएको १८८० किमि खुल्ला सिमानाको फाइदा उठाएको छ । अन्तर्राष्ट्रिय मान्यता, कानुन र सिद्धान्त विरुद्घ एकलौटी रूपमा आफ्नो अनुकूलमा एकतर्फी रूपमा सिमानामा ४५ हजारभन्दा बढी सशस्त्र प्रहरी बल स्थापना र परिचालन गरेको छ ।

    यसको विरुद्घमा अहिलेसम्मका सरकारहरूले आवाज उठाएको पाइएको छैन भने अर्काेतर्फ अमेरिकी साम्राज्यवादले अहिलेसम्म भारतसँगको साझेदारीमा आफ्नो हस्तक्षेप बढाएको थियो । पछिल्लो समयमा जब नेपालका ठुला र सत्ताधारी राजनीतिक दलहरूलाई आफ्नो पक्षमा पारी एमसिसी जस्तो नेपालका लागि घातक प्रोजेक्ट संसद्द्वारा अनुमोदन गराउनमा सफल भयो । त्यसपछि उसले एसपिपी कार्यान्वयन गराउने नाममा नेपालमा सिधै आफ्नो राजनीतिक दल खोली चुनावमा भाग लिई सरकारमा जाने र उसको नीतिनिर्देशनअनुसार नेपालमा अमेरिकी सेना राखी चीनको विरुद्घ नेपाली भूमि प्रयोग गर्ने रणनीतिअनुसार आफ्ना गतिविधि सक्रिय रूपमा अगाडि बढाएको छ ।

    यी र यस्ता कार्यहरूमा आफू सत्तामा रहनका लागि जसो पनि गर्ने दलहरूले बनाएको समाजवादी मोर्चाले अब कसरी अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको विरुद्घ आन्दोलन गर्न सक्छ ? साथै माओवादी द्वन्द्वकालमा राजनीतिक दलहरूको अस्तित्व समाप्त पारी राजासित सत्ता साझेदारी गर्नमा समेत तयार भएका प्रचण्ड, उपेन्द्र यादव, विप्लव समूह र प्रतिगमन आधा सच्चियो भनेर राजाको पाउमा पैसा राखेर ढोग्न पछि नपर्ने माधव नेपाल जस्ता दलहरू मिलेर प्रतिगमनका विरुद्घ र बैदेसिक हस्तक्षेपका विरुद्घ सङ्घर्ष गर्लान् भन्ने कुरामा विश्वास गर्ने ठाउँ छैन ।

    आफू सत्तामा अडिरहनका लागि कसैलाई घुर्काउन चारैतिर मुख फर्किएको तर घाँटीमा रसीले कसेर ठुलो समूह देखाएको जस्तो हुन सक्छन् यस्ता मोर्चा । रसी छिन्दासाथ दानमा जम्मा गरेका गाईबाहेक केही होइनन् ।

    अहिलेको समाजवादी मोर्चाबाट समाजवादको आशा गर्नु भनेको तितेपातीको बिरुवा रोपेर मह, चिनी, दुध, मिस्री घोल्दै प्रत्येक दिन बिहानबेलुका जरामा सिचाइ गरेर बिरुवा ठुलो भएपछि रस गुलियो हुन्छ भन्ठाने जस्तो हो किनभने तितेपातीको गुण नै तितो हुने हो ।

    यसबाट गुलियोको आशा गर्नु हाम्रो चेतना, दृष्टिकोण र बुझाइको कमजोरी हो ।

    पानी जमाएर दहीको आशा गर्नुहुँदैन किनभने पानीमा दही बन्ने तत्त्व र तितेपातीमा गुलियोपन हुने गुण नभए जस्तै माओवादी केन्द्र, उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) मा पनि समाजवादमा हुने कुनै पनि गुण देखिँदैन । यो मोर्चाको अन्तमा भारत, अमेरिका र देशीय प्रतिकृयावादीलाई टेकसो लगाएर आफू सत्तामा कसरी लामो समय अडिने भन्ने खेलबाहेक अरू कुनै लक्ष्य, उद्देश्य भए जस्तो देखिएको छैन, अरू बाँकी व्यवहारबाट खुल्दै जाने छ ।

    समाजवादी मोर्चा तात्कालिक राजनीतिक उद्देश्यको दृष्टिकोण्बाट अनावश्यक देखिन्छ किनकि प्रतिगामी खतराको विरुद्ध एउटा मोर्चा अहिले पनि यथावत् । यस्तो अवस्थामा अर्को मोर्चाको औचित्य देखिन्न । फेरि पनि यो मोर्चाले जुन हदसम्म प्रतिगामी खतराको विरुद्ध सही नीति अपनाउने छ, त्यसो सही नै हुने छ ।

    जहाँसम्म समाजवादको प्रश्न छ, अहिले देशको अवस्था नयाँ जनवादी क्रान्तिको सेरोफेरो छ । यदि कसैले देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न भइसक्यो, अब समाजवादी क्रान्ति गर्नुपर्छ, त्यो पनि वैज्ञानिक समाजवादी भनेर दाबी गर्दछ भने त्यो पत्याउन सकिने अवस्था छैन ।

    अन्तमा हामी अपेक्षा गरौँ, समाजवादी मोर्चा नेपाल जसरी प्रतिगमनको विरुद्ध प्रारम्भिक रूपमा सही धारणा राखेको छ, त्यसमा कायम रहोस् । यसले तात्कालिक राजनीतिमा कुनै पनि अतिको पक्षमा भूमिका नखेलोस् ।

    शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.