• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

द्वन्द्वात्मक भौतिकवाद र सही विचारको प्रश्न


  •   शुक्रबार, असार २९, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    माक्र्सवादी दर्सनको भिन्न चरित्र भनेका दर्सनसहित सबै सामाजिक चेतनाको वर्गस्वभावलाई स्पष्ट रूपमा व्याख्या गर्नु हो । यसले आफ्नो विशेष र स्वतन्त्र कार्यभारलाई पुँजीवाद ढाल्ने सर्वहारा अधिनायकत्व निर्माण र सङ्गठित गर्ने तथा समाजवादी समाजको जग हाल्ने कार्यभारको अधिनस्त राख्दछ ।

    आदर्शवादले चेतना, धारणा, कर्ता नै पृथ्वीमा अस्तित्ववान सबै कुराको श्रोत ठान्दछ । त्यसले प्रकृति समाज र वस्तुलाई द्वितीय र सहायक ठान्दछ । भौतिकवादले आत्माबाट स्वतन्त्र रहेको पदार्थको अस्तित्वलाई प्रथम मानेर आत्मालाई द्वितीय र गौण ठान्दछ ।

    आदर्शवादको प्रथम अभिव्यक्ति जङ्गली मानवको अन्धविश्वास र अज्ञानताबाट आएको थियो । श्रमविभाजनको अरू विकासबाट समग्र र समावेशी रूपमा बौद्धिक श्रममा व्यक्तिको समर्पण आफैमा उदय भयो । उत्पादक शक्ति कमजोर हुने बेलासम्म विभाजन पूर्ण पृथक्ताको चरणमा पुग्दैन । सत्तारूढ वर्गले आफूलाई र उत्पीडित वर्गसँगको सम्बन्धलाई उलटपुलट भेषभूषामा परीक्षण गर्न थालेपछि आफ्नो अस्तित्वका लागि साधनसहित श्रमिकहरू पूर्ति गर्दछ । तिनीहरूले शारीरिक श्रमलाई घृणा गरेर आदर्शवादी धारणा विकास गरे ।

    शारीरिक श्रम र बौद्धिक श्रमबिचको भेदलाई उन्मूलन गर्ने एक मात्र पूर्वशर्त भनेको आदर्शवादी दर्सनको उन्मूलन नै हो । आम चरित्र भएको अवधारणा र वैयक्तिक र विशिष्ट विशेषता भएको यथार्थता दुवै एकपटक पृथक् भएपछि वस्तुगत सत्यबाट टाढा हुन्छन् । विशेषलाई आमबाट अलग्याउनु, आम पनि रहेको विशेषलाई भुल्नु आदर्शवादीहरूको ग्रहण गर्ने तरिका हो ।

    द्वन्द्वात्मक भौतिवादले भन्दछ कि पदार्थले विचारको सीमा निर्धारण गर्दछ । विचार सामाजिक, व्यवहारबाट आउँछ र त्यसैले व्यैयक्तिक व्यवहारलाई आकार दिन्छ । यही ज्ञानको एकता र क्रियान्वयनको सिद्धान्तले आदर्शवादलाई पराजित गर्न सक्दछ । आफ्नो गलत योजना सच्चाउँदै वस्तुगत संसारमा भौतिक प्रकृतिको सुनिश्चित बुझाइमा आधारित भएर मनोगत योजना बनाएपछि मात्र व्यक्ति सफल हुन्छ । वस्तुगत संसार नियमद्वारा सञ्चालित छ भन्ने तथ्य बुझ्दै जान्छ । धर्म र आदर्शवादको व्यर्थ भ्रम बुझेपछि मान्छेलाई भौतिकवादी निष्कर्षमा ल्याउँछ ।

    मान्छेले व्यवहारको इतिहास, प्रकृतिसँग सङ्घर्षको इतिहास, वर्गसङ्घर्षको इतिहास र विज्ञानको इतिहास सँगसँगै समायोजित भएर जीवन र सङ्घर्षको आवश्यकतामा पदार्थको वास्तविकता जान्न सक्छ । उसले पदार्थका नियम पनि बुझ्न सक्दछ ।

    मान्छेले भौतिकवादी दर्सनलाई पत्ता लगायो । सामाजिक उत्पादन जति उच्च रूपमा विकसित हुन्छ, त्यति नै ठुलो वर्गसङ्घर्षको विकास हुन्छ । प्रकृतिको रहस्यबाट अझै ठुलो वैज्ञानिक ज्ञान बढी रूपमा प्रकट हुन्छ । महान् विकास हुँदै जाँदा भौतिकवादी दर्सन पनि सुदृढ हुन्छ । मानिस क्रमश: प्रकृति र समाजको दोहोरो र अदम्य उत्पीडनबाट मुक्त हुन सक्छ ।

    द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको क्रान्तिकारी हतियार हो । त्यसको आधारमा मष्तिष्क नयाँ अस्त्रले सुसज्जित हुने छ । द्वन्द्वात्मक भौतिकवादमा विश्वदृष्टिकोण र विधिशास्त्रको एकताबाट सर्वहारा वर्गले आफ्नो वरिपरिको जगत््को ज्ञान लिन सक्दछ । द्वन्द्वात्मक भौतिकवाद ज्ञानशास्त्र र तर्कशास्त्र पनि हो । यसले जगत्बारे हाम्रो ज्ञानको उद्गम र विकासको विषयमा अध्ययन गर्छ । अस्तित्व र चिन्तनबिच सम्बन्धसम्बन्धी समस्याको समाधान भौतिकवादको प्रयोगद्वारा मात्र हुन्छ ।

    प्रतिबिम्बनको सिद्धान्तमा अडिएर मात्र द्वन्द्ववादको तर्कशास्त्रको र ज्ञानशास्त्रको समस्या समाधान गर्न सकिन्छ । मानव समाजको सामाजिक व्यवहारको परिस्थिति नै भौतिक संसारको अस्तित्वको सर्वोत्तम प्रमाण हो । विश्व एकताको सिद्धान्तसँग विश्व विकासको सिद्धान्तको समायोजनले द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको सम्पूर्ण रूप देखाउँछ । पदार्थबाट अलग राखेर गतिबारे सोच्ने सिद्धान्त आधारभूत रूपले द्वन्द्वात्मक भौतिकवाद विरोधी हुन् । क्रान्तिकारी वर्ग र लोकप्रिय जनसमुदायले जगत् विकासको सिद्धान्त ग्रहण गरेको परिणामस्वरूप समाज र जगत् रूपान्तरणको वकालत गर्छन् । उनीहरूको दर्सन द्वन्द्वात्मक भौतिकवादी हो ।

    पदार्थ रूपान्तरणको कारण बाहिरी होइन, भित्री हुन्छ । सर्वहारा वर्ग र सम्पूर्ण क्रान्तिकारीले विश्वदृष्टिकोणको वैज्ञानिक हतियार उठाउँछन् भने उनीहरू विश्वबोध गर्न योग्य भई रूपान्तरण पनि गर्ने र गर्न सक्ने छन् ।

    लेनिनले भनेका छन्– विपरीतहरूको एकता शर्तबद्ध, अस्थायी, सङ्क्रमणकालीन र सापेक्ष हुन्छ । परस्पर समावेशी विपरीतको सङ्घर्ष विकास र गति जस्तै निरपेक्ष हुन्छ । सन्तुलन अस्थायी हुन्छ र निरन्तर ध्वंसले शासन गर्छ ।

    व्यावहारिकता र मनोगतवाद विपरीतका एकता हुन् । दस हजार वर्षदेखि मनोगतवाद अहिलेसम्म अस्तित्वमै छ । दर्सनमा निरन्तर सङ्घर्ष रहेको छ । भौतिकवाद र आदर्शवाद, द्वन्द्ववाद र अभिधूतवाद विपरीतका एकता हुन् । एकलकाँटे दर्शनको कुरा गर्नेहरूले सयौँ फूल फुल्न देऊ भन्दा विषालु भनेर पात उखेल्न बिर्सन्छन् ।

    माक्र्सवादका तीन सङ्घठक अङ्ग पुँजीवाद विरुद्धको सङ्घर्षबाट जन्मेका थिए । भौतिकवाद र आदर्शवादको सङ्घर्ष ब्रह्माण्ड हो । यो विधिशास्त्र द्वन्द्ववाद र अधिभूतवादबिचको सङ्घर्ष हो । यदि कसैले समाजवादको उपरी संरचना मर्ने छैन भन्छ भने त्यो माक्र्सवाद नभएर धार्मिक नशा हुने छ ।

    द्वन्द्ववादको गुदी भनेर विपरीतहरू एकताको सिद्धान्तका रूपमा संश्लेषण गर्न सकिन्छ । एकता शर्तबद्ध, अस्थायी, सङ्क्रमणकालीन, सापेक्ष, परस्पर र समावेशी हुन्छ । अर्कोतिर, सङ्घर्ष विकास र गति जस्तै निरपेक्ष हुन्छ । त्यसकारण सन्तुलन अस्थायी र विध्वंशकारी हुन सक्ने हुनाले बितेका प्रत्येक दिनसहित पटक पटक सन्तुलन कायम गर्नु हाम्रो कर्तव्य हुन्छ । स्वतन्त्र चिन्तन नगुमाइकन अरूबाट सहयोग लिने गर्दा सम्पूर्ण चिजमा तुलनाको लागि दुई विधि प्रस्तुत गर्न आवश्यक छ, तब मात्र द्वन्द्ववाद, नत्र अभिधूतवाद हुन्छ ।

    प्रधान अन्तरविरोध र द्वितीय अन्तरविरोध जस्तै सारग्रहण गर्ने र गौण मुद्दालाई प्रधान रूपमा लिने गल्ती नगर्ने गर्नुपर्छ । समस्याको परीक्षण गर्दा साररूप मूल प्रवृति कार्यदिशा विचार गर्न आवश्यक छ । देशमा समाजवाद निर्माण गर्ने अन्तर्राष्टिय रूपमा साम्राज्यवादको विरोध गर्ने र समाजवादी शिविरभित्र अन्तर्राष्ट्रियवादका लागि काम गर्नुपर्छ । यी तीन कार्यले कार्यदिशा निर्माण हुन्छ ।

    अधिकारको लागि लडाइँ देशको समग्र स्वार्थबाट अघि बढ्छ, स्थानीय स्वार्थबाट होइन । स्वतन्त्रता केन्द्रबाट निर्देशित समुचित स्वतन्त्रता हो । त्यसलाई हस्तक्षेप भन्न मिल्दैन ।

    सही विचार सामाजिक व्यवहारबाट आउँछ । तीन किसिमका सामाजिक व्यवहार हुन्छन् । पहिलो उत्पादनका लागि सङ्घर्ष हो । यो प्रकृति विरुद्धको सङ्घर्ष हो । व्यक्तिगत आवश्यकता पूरा गर्न उत्पादन कार्यमा सहभागी भई गर्ने सङ्घर्ष यो । यो सङ्घर्ष नगर्दा शोषण गर्नुपर्ने अथवा अरूको श्रम र पसिनामा आफूले अधिकार जमाउने बाटोतिर लागिन्छ ।

    खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि गरिने र गर्नुपर्ने पहिलो काम पनि हो । हाम्रा आवश्यकता परिपूर्ति गर्न आफ्नो सहभागिता जनाएर उत्पादन धेरै गुणस्तरीय र स्वास्थ्यबद्र्धक बनाउन गरिने र गर्नैपर्ने उत्पादन सङ्घर्ष हो ।

    दोस्रो वर्गसङ्घर्ष हो । यो मान्छेले मान्छेमाथि गर्ने शोषणका विरुद्ध शोषितले शोषकका विरुद्ध गर्ने सङ्घर्ष हो । समाजमा वर्गसङ्घर्षले सबैभन्दा बढी महत्त्व राख्दछ । सम्पन्न वर्गको वर्गसङ्घर्षको बलियो हतियार धर्म र राज्यसत्ता हुन् । शोषित वर्गका मान्छेले सम्पन्न वर्गको जस्तै धर्म र राज्यसत्तालाई आफ्नो हतियार स्वीकार गर्दा सम्पन्न वर्गका थोरै मान्छेको स्वार्थ रक्षा भएको छ । राज्यसत्ता सम्पूर्ण जनताको सङ्ख्या गिन्ती गर्दा जम्माजम्मी एक प्रतिशत मात्रै छ तर त्यो थोरै प्रतिशत र उनीहरूका थोरै पक्षपातीले धेरै पुस्तासम्म शोषित धेरै सङ्ख्याका जनतालाई शोषणको जालोभित्र राख्न सफल भएका छन् । जनताको सङ्गठित आन्दोलनको तुलनामा त्यो केही पनि होइन । सङ्गठित आन्दोलन उठ्न/उठाउन नसक्ने र असङ्गठित आन्दोलनलाई तितरबितर पार्ने भएकोले शोषणको जालो बलियो भएको छ ।

    वर्गसङ्घर्ष वर्गले लड्ने लडाइँ हो । आफू शोषित भएको महसुस भएपछि मात्रै सङ्घर्षको थालनी हुन्छ । वर्गसङ्घर्ष सबैभन्दा पहिले विश्वदृष्टिकोणबाट सुरु भएर सङ्गठन गर्ने र आफू सङ्गठित भई विरोधी वर्गसँग सङ्घर्ष गर्ने काम हो । यसका पनि तीन रूप हुन्छन् : आर्थिक सङ्घर्ष, राजनैतिक सङ्घर्ष र वैचारिक सङ्घर्ष । राजनैतिक सङ्घर्ष सबैभन्दा उच्चस्तरको सङ्घर्ष हो र बाँकी दुईओटा सहयोगी सङ्घर्ष हुन् ।

    राजनैतिक सङ्घर्ष राज्यसत्ता कब्जा गरेर वर्ग निर्मूल पार्ने गरी अगाडि बढाउने सङ्घर्ष हो । यसको उद्देश्य वर्गविहीन र शोषणविहीन समाज बनाउने भए पनि राजनैतिक सङ्गठनमा सिद्धान्त सबैभन्दा बढि महत्त्वको हुन्छ । दोस्रोमा राजनैतिक लाइनको महत्त्व हुन्छ र तेस्रोमा सङ्गठनको महत्त्व पर्दछ । पहिलो र दोस्रोको महत्त्वको ख्याल नगरी सङ्गठनलाई जोड दिँदा जनताको पिछडिएको राजनैतिक चेतनाबाट फाइदा उठाउने अवसरवादी काम हुन जान्छ ।

    तेस्रो वैज्ञानिक प्रयोग हो । उत्पादन सङ्घर्षका वैज्ञानिक धेरै छन् । उत्पादनका क्षेत्रमा हजारौँ वैज्ञानिकले अनुसन्धान गरिरहेका र लाखौँले विभिन्न क्षेत्रमा प्रयोग गरिरहेका पनि छन् । वर्गसङ्घर्षका वैज्ञानिक भने पाँच जना मात्र छन् । वर्गसङ्घर्षका वैज्ञानिक माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओत्सेतुङ हुन् । उनीहरूले वर्गसङ्घर्षको क्षेत्रमा अध्ययन र प्रयोग गरेर वर्गसङ्घर्षलाई अगाडि बढाउने काम गरे । माक्र्सवादको अस्तित्व स्थापना नहुँदासम्म माक्र्सवादमा विमति राख्ने र माक्र्सवाद र स्थापित मूल्यमान्यतामा परिपक्व किसिमले अस्तित्व जमाएपछि संशोधन गरेर आआफ्नो हिसाबले विकृत बनाउने पनि धेरै छन् । लेनिनले सर्वहारा अधिनायकत्वको थप अनुसन्धान र प्रयोग गरेपछि पनि संशोधनवादीको काम जारी रह्यो । एङ्गेल्सले र स्टालिनले माक्र्सवाद र लेनिनवादलाई पुष्टि गर्दै थप बलियो बनाए । माओत्सेतुङले लेनिनवादअन्तर्गत पुँजीवादको विकास भइनसकेको अवस्थामा जनताको अधिनायकत्व वा जनवादी अधिनायकत्वसमेतको अभ्यास गरेर त्यसलाई पनि समाजवादको एकाइको रूपमा पुष्टि गरे ।

    यी पाँच जना वैज्ञानिकको अनुसन्धान र प्रयोगमा आइपरेका समस्याको समाधानको अध्ययन र समाजमा त्यसको प्रयोग गर्दै वर्गसङ्घर्षलाई अगाडि बढाउनु वर्तमान अवस्थाका क्रान्तिकारीको दायित्व हो । चारपाँच पुस्तासम्मको अनुसन्धान र प्रयोगलाई सजिलै जसलाई जसरी पनि नेता हुन परेको आवश्यकताले स्थापित अनुसन्धान फिका हुँदैन । वर्तमानका क्रान्तिकारीले ती अनुसन्धानको पुष्टि हुने गरी थप योगदान गर्ने समाज विज्ञानको अहिलेको क्रान्तिकारी नेतृत्वको जिम्माअन्तर्गत पर्ने वैज्ञानिक प्रयोग हो ।

    माथि बयान गरिएका तीनओटा सङ्घर्ष र प्रयोगबाट सही विचार आउँछ । मानिसको सामाजिक अस्तित्वले उसको चिन्तन निर्धारित गर्छ ।

    कम्युनिस्ट पार्टीको दर्शन सङ्घर्षको दर्शन हो । माक्र्सवादको विकास, सङ्घर्षद्वारा मात्र हुन सक्छ । यो विगत र वर्तमानका लागि मात्र होइन, भविष्यका लागि पनि सत्य हो । क्रान्ति भनेको उत्पादक शक्तिहरूको मुक्ति हो । दुई वर्ग, दुई बाटो र दुई कार्यदिशाबिचको सङ्घर्षमा सम्झौताका लागि निरपेक्ष रूपमा कुनै स्थान छैन । बढी हामीले समाजवादी अर्थतन्त्र निर्माण गरेनौँ भने हाम्रो सर्वहारा अधिनायकत्व पनि पुँजीवादी, प्रतिक्रियावादी र फासिवादी अधिनायकत्व हुने छ ।

    सामान्यत: उत्पादक शक्ति व्यवहार र आर्थिक आधारले प्रधान र निर्णायक भूमिका खेल्दछ । खास परिस्थितिमा उत्पादन सम्बन्ध सिद्धान्त र उपरी संरचन जस्ता पक्षले पनि स्वयम् प्रधान र निर्णायक भूमिका खेल्दछ । क्रान्तिकारी रूपान्तरणको अवधिमा उत्पादन सम्बन्ध र उपरी संरचनाले उत्पादक शक्ति र आर्थिक आधारसहित प्रधान र निर्णायक भूमिका खेल्दछ । पहिलो कुरा जनचेतना तयार गर्ने, राज्यसत्ता कब्जा गर्ने, त्यसपछिको प्रश्न समाधान गर्ने अनि उत्पादक शक्तिले बृहत्तर विकास गर्ने प्रश्न आउँछ । यो क्रान्तिकारी आम नियम हो ।

    उत्पादन प्रणालीमा सबैभन्दा सकृय र क्रान्तिकारी तत्त्व श्रमजीवी हुन्छन् । सामाजिक विकास उत्पादक शक्तिको बृद्धिका साथ अविचलित रूपमा सुरु हुन्छ । अन्तरविरोधहरू अनिवार्य रूपले दुई वर्ग, दुई माग र दुई कार्यदिशाबिच सङ्घर्षमा अभिव्यक्त हुन्छन् । उन्नत समाजवादी व्यवस्था र पिछडिएको उत्पादक शक्ति बिचअन्तरविरोध अस्तित्वमा छैन ।

    शुक्रबार, असार २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.