• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मार्क्सवादी दर्शन र यसका प्रकारहरू


  •   बिहिबार, असार २८, २०८० मा प्रकाशित
  • गणेश आचार्य
    दर्शन भनेको सिङ्गो जीवन र जगत तथा प्रकृति र मानव समाज एवं चिन्तनका सामान्य नियमहरुको अध्ययन गर्ने एक पद्धती हो ।

    Advertisement

    यसले जीवन र जगतको अध्ययन कसरी र केका आधारमा गर्ने भन्ने कुरा सिकाउँदछ । दर्शनशास्त्रको पहिलो प्रगोगकर्ता युनानी दर्शनिक पाइथागोरस हुन् । उनले दर्शनलाई बुझाउने फिलोसफी (PHILOSOPY) शब्दको प्रयोग गरेका थिए । फिलोस (प्रेम) र सोफिया (विवेक) जस्ता शब्दको मिलनबाट फिलोसफी बन्यो । जसको अर्थ प्रेम, विवेक र विद्यानुराग हुन्छ ।

    दर्शनलाई विभिन्न दार्शनिकहरुले भिन्न–भिन्न तरिकाले परिभाषित गरेका छन् । दर्शन यस्तो चीज हो जसको ज्ञानबिना समग्र समाज, मानव जीवन, राजनीति, शिक्षा, विज्ञान केही कुरामा सही दृष्टिकोण बनाउन सकिँदैन । एक भारतीय दर्शनशास्त्रीले दर्शन जगतको विषय बोध गर्ने मानव प्रयास हो भनेका छन् । हेगेलले दर्शन सत्यको वस्तुवादी विज्ञान हो भनेका छन् । रुसी दर्शनशास्त्री स्पीरिकिनले दर्शन सामाजिक चेतनाको एउटा विषेश रुप हो र चिन्तनको मौलिक शैलीमा आधारित हुन्छ, दर्शन विश्व दृष्टिकोणको सैद्धान्तिक गुदी हो भनेका छन् । पूर्वीय दर्शनको समेत गहन अध्ययन गरेका एक पश्चात्य दर्शन शास्त्रीले दर्शन चिन्तन पद्धति मात्र नभएर जीवन पद्धति पनि हो भनेका छन् । त्यस्तै, अर्का एक पाश्चात्य विद्वानले दर्शन विज्ञान र धर्म बीचको विषय हो भनेका छन् ।

    त्यसैगरी अर्का एक पाश्चात्य विद्वानले दर्शन हाम्रो विश्व दृष्टिकोण हो, विश्व र मानव जाति तथा विश्वमा मानवको स्थान वा बुझ्ने प्रयास हो भनेका छन् ।

    द्वन्द्वात्मक भौतिकवादी दर्शनका प्रर्वतक कार्ल मार्क्सले दर्शन सस्कृतिको सजिव आत्मा हो, हरेक सच्चा दर्शन आफ्नो युगको उच्चतम वौद्धिक सारतत्व हो, यदी सच्चा दर्शन भएमा त्यो आफ्नो युगको वौद्धिक सारतत्व हुने बताएका छन् ।

    यो सानो आलेखमा दर्शनका सम्पूर्ण कुरा उल्लेख गर्न सम्भव छैन । यहाँ सामान्य रुपमा मार्क्सवादी दर्शनको चर्चा मात्र गरिने छ ।

    बितेको १९ औं शताब्दीका विश्वका क्रान्तिकारी दार्शनिक, आमुल सामाजिक परिवर्तनका प्रवर्तक एवं सर्वहारा वर्गको मुक्तिका मार्गदर्शक जर्मनीका कार्ल माक्र्सको क्रान्तिकारी दर्शनलाई मार्क्सवादी दर्शन भनिन्छ । उनले आफ्नो ३० वर्षको उमेर पनि नपुग्दै विश्वलाई एउटा युगान्तकारी विचार, दर्शन र सिद्धान्त प्रकासमा ल्याइदिए । त्यो सम्पूर्ण मानव समाज, ब्रम्हाण्ड तथा प्रकृतिलाई हेर्ने, व्याख्या गर्ने र बदल्ने द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । यो दर्शन यस भन्दा अघिका अरु सम्पूर्ण दर्शनहरु भन्दा जीवन्त, वैज्ञानिक, भिन्न, उन्नत सु–संगत र प्राकृतिक दर्शन हो ।

    जर्मनीका दार्शनिक तथा क्रान्तिकारी नेता मार्क्सद्वारा प्रतिपादित दर्शन अर्थात मार्क्सवाद आज विश्वका सबै देशका शोषित उत्पीडित जनताको मुक्तिको मार्गदर्शक सिद्धान्त बनेको छ । यो मानव समाजको मुक्ति, विकास र समानताको विज्ञान पनि हो । सभ्य, सुन्दर, समान र शोषणविहीन सु–संस्कृत समाज निर्माणको प्रतिकको रुपमा यो दर्शन रहेको छ । मार्क्स अरु दार्शनिकहरु जस्तो केवल कितावी दार्शनिक मात्र थिएनन् । उनले आफ्नो व्यक्तिगत जीवन व्यवहार र संघर्षमा उतारेका थिए । त्यति बेलाका मजदुर आन्दोलनहरु र क्रान्तिकारी राजनीतिक आन्दोलनमा निकट रुपमा जोडिने मात्र होइन् वैचारिक नेतृत्व नै गरेका थिए ।

    उनका विचारहरु यतिधेरै प्रभावकारी र खतरनाक थिएकी सरकारलाई खुल्ला रुपमा चुनौति थियो । उनलाई कयौं देशका सरकारले ती देशबाट देश निकाला समेत गरेका थिए । उनले लेखेका लेख, किताव र विचारहरु माथि पनि प्रतिबन्ध थियो । देश निकाला गर्दा विभिन्न देशमा बस्दा उनलाई गरिबीले ज्यादै दु:ख सहनु परेको थियो । उनले उपचार गर्न नसकेर आफ्ना धेरै सन्तानहरु पनि गुमाएका थिए । तर उनी सत्यताको विज्ञान र दर्शनबाट कहिले पछि हटेनन् ।

    मार्क्सवादी दर्शन
    मार्क्सवादी दर्शन सबैभन्दा विकसित तथा वैज्ञानिक भौतिवादी दर्शन हो । यो संसारका सबै वस्तु र घटनालाई तिनीहरुका गतिको द्वन्द्वात्मकतामा र विकासको ऐतिहासिक प्रकृयामा हेर्ने बुझ्ने तथा व्याख्या गर्ने र परिवर्तनका लागि बाटो देखाउने वैज्ञानिक विश्व दृष्टिकोण हो । अरु दर्शनले संसारको व्याख्या मात्रै गर्छन् भने यसले संसार परिवर्तन गर्ने मान्यता समेत राख्दछ ।

    मार्क्सवादी दर्शनका मान्यताहरु
    हरेक दर्शनका निश्चित मूलभूत सिद्धान्त हुन्छन् । मार्क्सवाद एउटा क्रान्तिकारी वैज्ञानिक चिन्तन र एक नविन विश्व दृष्टिकोण हो । विश्वको भौतिक, दर्शनको पक्षधरता तथा सिद्धान्त र व्यवहार बीचको एकता मार्क्सवादी दर्शनको मूलभूत मान्यताहरु हुन् । मार्क्सवादका मूलभूत सिद्धान्त र मान्यतालाई निम्न बुँदामा थप व्याख्या गर्न सकिन्छ ।

    १. द्वन्द्वात्मक भौतिकवाद
    मार्क्सवादी दर्शनको केन्द्रीय भाव द्वन्द्ववादी भाव हो । अर्थात हरेक चीज निरन्तर गतिमा हुन्छ, विकसित हुन्छ र बदलिन्छ भन्ने हो । द्वन्द्वात्मक भौतिकवादी दृष्टिले हेर्नु भनेको कुनै घटना र वस्तुलाई गतिमा र परिवर्तनको प्रकृयामा हेर्नु हो । द्वन्द्ववादी पद्धतिबाट विश्लेषण गर्नु भनेको हरेक घटना र वस्तुमा सकरात्मक पक्ष र नकारात्मक पक्ष, जीवनशील पक्ष र मरणशिल पक्ष, सबल पक्ष र दुर्वल पक्ष, नविन पक्ष र पुरातन पक्ष जस्ता दुई पक्ष हुन्छन् भनेर विश्लेषण गर्नु हो । यसरी सम्पूर्ण कुरालाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले हेर्ने द्वन्द्ववादी विश्लेषण गर्ने दृष्टिकोण मार्क्सवादी मुल दार्शनिक दृष्टिकोण हो । यो नै सबै भन्दा प्रमुख मन्यता पनि हो । त्यसैले माक्र्र्सवाद द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण हो ।

    २. परिवर्तनशीलता
    मार्क्सले दर्शनको व्याख्या मात्र होइन सिङ्गो समाज र मानव जीवनलाई पनि परिवर्तन गर्ने कुरामा जोड दिए । त्योभन्दा अघिका दार्शनिकले संसारको विभिन्न कोण मार्क्सबाट व्याख्या मात्र गरेका थिए तर उनले बदल्ने कुरा अगाडि सारेर चिन्तन मै क्रान्ति ल्याइदिए । उनले समाज र भौतिक अवस्थामा मात्र होइन मान्छेको चिन्तन धारामा पनि परिवर्तन ल्याउने कुरा अगाडि सारे ।

    ३. श्रमजीवी वर्ग पक्षधरता
    मार्क्सवादी दर्शनको आर्को मुलभूत मान्यता वर्ग पक्षधरता हो । उनको श्रमजीवी वर्गको पक्षधरताको मान्यता हो । मार्क्सवाद स्पष्ट रुपले सर्वहारा श्रमजीवी तथा उत्पीडित जनताको पक्षम खाडा भएको र तीनै वर्गको हितको प्रतिनिधित्व गर्ने दर्शन हो ।

    ४. व्यवहारवादिता
    मार्क्सले मानव चिन्तनले वस्तुनिष्ट सत्यको वोध गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न सैद्धान्तिक नभएर व्यवहारिक प्रश्न हो । मानवले आफ्नो चिन्तनको सत्यता व्यवहारमा प्रमाणित गर्नुपर्छ भनेका छन् । यही भनाईबाट पनि मार्क्सले सिद्धान्त र व्यवहारबीच अभिन्न एकता हुनुपर्नेमा र सिद्धान्त व्यवहारसँग जोडिने कुरामा जोड दिएको प्रष्ट हुन्छ । त्यसैले यो केबल सिद्धान्त मात्र होइन । सिद्धान्त र व्यवहारको अभिन्न एकता भएर व्यवहारवादिता यसको विषेता हो ।

    ५. जनसार्वभौमसत्ता र राज्यसत्ता विनाको नयाँ समाज
    मार्क्सको राजनीतिक दर्शन आर्थिक सामाजिक अधिकारसहितको लोकतन्त्र, राजनीतिक सत्ताको अन्त्य, जनसार्वभौमसत्ता र समानतासहितको स्वतन्त्रता स्थापना गर्नु हो । उनले राजनीतिक मुक्ति र मानवीय मुक्तिका बीच आधारभूत भिन्नता रहेको निष्कर्ष निकाले र मानवीय मुक्ति राजनीतिक जगतमा मात्रै प्राप्त हुन सक्दैन । यसले आर्थिक सामाजिक व्यवस्थामा क्रान्तिकारी रुपान्तरणको माग गर्दछ भन्ने धारण अगाडि सारे ।

    मार्क्सवादी दर्शनका पक्षहरु द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद मार्क्सवादी दर्शनका यी दुई पक्ष हुन । त्यसैले यसलाई द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन पनि भनिन्छ । यसलाई निम्न अनुसार परिभाषित गर्न सकिन्छ ।

    १. द्वन्द्वात्मक भौतिकवाद
    द्वन्द्वात्मक भौतिकवाद पदार्थमा अन्तर्निहित द्वन्द्वात्मक गतिलाई प्रकृति, जीवन, समाज र चिन्तनको उत्पती, विकास र परिवर्तनको मुल कारण एवं आधार मान्ने दृष्टिकोण हो । यो वस्तुगत जगत र मनोगत जगतका बीचमा द्वन्द्वात्मक सम्वन्ध हुन्छ । मनोगत जगत वस्तुगत जगतमा आधारित हुन्छ भने मनोगत जगतले वस्तुगत जगतमा क्रिया गर्छ भन्ने मान्यता राख्ने वा सिद्धान्त र व्यवहारका बीच निरन्तर अन्तरक्रिया भैरहन्छ र यिनीहरु दुवै निरन्तर विकास र परिवर्तनको प्रकृयामा हुन्छन् भन्ने दार्शनिक दृष्टिकोण हो ।

    माओका अनुसार द्वन्द्वात्मक भौतिकवाद विश्व ब्रम्हाण्डको विकासको नियम सम्बन्धी मानव ज्ञानको समग्र इतिहासमा रहेका दुई अवधारणा मध्य एक हो । लेनिनका अनुसार द्वन्द्ववाद विपरित तत्वहरुको एकताको सिद्धान्त हो । एंगेल्सका अनुसार द्वन्द्ववाद ऐतिहासिक विकासका दुई पक्ष (प्रकृति र मानव समाज)का साथै चिन्तनका अति सामान्य नियमहरुको विज्ञान हो ।

    द्वन्द्ववादका मूल नियम
    दर्शनमा नियम भन्नाले कुनैपनि घटना वा वस्तुको अस्तित्व र विकासमा निर्णायक भूमिका खेल्ने स्थायी एवं दोहोरी रहने आवश्यक आन्तरिक सम्बन्धहरुलाई बुझिन्छ । ती नियमहरु सार्वभौम चरित्रका हुन्छन र कुनै एउटा खास क्षेत्रमा सीमित नभई समाज प्रकृति र विचारका सबै क्षेत्रमा लागु हुन्छन । जसलाई निम्न बुँदामा थप परिभाषित गर्न सकिन्छ ।

    १. मात्रात्मक परिवर्तनबाट गुणमा रुपान्तरणको नियम
    अस्तित्वमा रहेका सबै वस्तु, घटना र प्रक्रियाहरु गतिशील छन् कोही स्थीर छैन् । तिनीहरु सबै परिवर्तनको प्रवाहमा प्रवाहित छन् । ती सबै परिवर्तनहरु सुरुमा मात्रात्मक हुन्छन र त्यसको रुप, आकार र अवस्थामा वदलावट हुँदा गुणत्मक रुपमा परिवर्तन भएका हुन्छन् ।

    २. प्रतिपक्षको आक्रमनको नियम
    पदार्थका सबै रुपहरुमा मेल र बेमेलका पक्षहरु हुन्छन तिनीहरु भिन्न–भिन्न र विपरित दिशामा क्रियाशील हुन्छन् । यही मेल र वेमेल तथा भिन्न–भिन्न र विपरीत दिशामा क्रियाशिल रहने पक्षहरु नै प्रतिपक्ष वा विरोधी पक्षहरु हुन् । मेल र वेमेलको यो अवस्था पदार्थको सर्वव्यापी गुण हो । जस्तो कि भौतिक पदार्थका हरेक परमाणुमा ऋणात्मक र धनात्मक विधुत धारा भएका इलेक्ट्रोन र प्रोटोन हुन्छन्, कण र प्रतिकर्ण हुन्छन् । चुम्बकमा उत्तरी ध्रुव र दक्षिणी ध्रुव । यस्तै प्रकृति र समाज बीचको अन्तरक्रियाबाट भौतिक मूल्यहरुको सिर्जना हुन्छ । उत्पादन प्रणालीमा उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । शोषक र शोषित वर्गहरु बीचको द्वन्द्वात्मक सम्बन्धबाट वर्गीय समाजका विभिन्न रुपहरुको निर्धारण हुन्छ । आर्थिक, सामाजिक, वैचारिक र राजनीतिक जीवनको हरेक क्षेत्रमा नयाँ र पुरानाहरु बीचको संघर्षबाट समाज विकासको गति अगाडि बढ्दछ ।

    ३. निषेधको निषेध
    निषेधको निषेध वस्तु वा घटनामा प्रतिपक्षहरुको अन्तर्गमनमा हुने गुणत्मक परिवर्तनको प्रकष्टीकरण हो । निषेध हुँदा पुरानो लोप हुन्छन र नयाँ प्रकट हुन्छन् । निषेध हुँदा पुरानो मुल चारित्रको त्याग हुन्छ र नयाँ मुल चरित्र ग्रहण हुन्छ । निषेध विकासको पुरानो चरण र नयाँ चरण बीचको सम्बन्धको कडी हो । विकासको अविछिन्नता र विच्छिन्नता बीच द्वन्द्वात्मक एकताको कडी हो । एंगेल्सले विकासको आरोही रुप भनेका छन् ।

    ऐतिहासिक भौतिकवाद
    ऐतिहासिक भौतिकवाद समाजलाई विकासको गति र ऐतिहासिक प्रकृयामा हेर्ने, बुझ्ने तथा व्यवहारमा गर्ने र बदल्नका निम्ति बाटो देखाउने दर्शन हो । यसका अनुसार समाज भनेको मानवीय जीवन निर्वाहका लागी आवश्यक पर्ने भौतिक साधनहरुको उत्पादन गर्ने शीलशीलामा मानिसहरु एक आपसमा मिलेर बस्न र काम गर्न थालेपछि निर्माण भएको आर्थिक सामाजिक संरचना हो ।

    समाज विकासका नियमकहरु
    ऐतिहासिक भौतिकवादका अनुसार समाज विकासको मुख्य आधार उत्पादक शक्तिको विकास हो । ऐतिहासिक भौतिकवादले इतिहासको अमुर्त होइन मुर्त व्याख्या गर्छ । यसले इतिहासका चालक नियमको व्याख्या गर्छ । इतिहासका चालक नियम भनेका समाज विकासकोे ती नियमहरु हुन् । जसलाइ निम्न बुँदामा व्याख्या गर्न सकिन्छ ।

    १. भौतिक उत्पादनको निर्णायक भुमिका हुन्छ ।
    जीवनको अभिन्न सन्बन्ध भोजन, पानी, आवास र पोशाक सँग हुन्छ । त्यसैले यी आवश्यक्ताको परिपूर्ति गर्ने साधनहरुको उत्पादन गर्नु प्रथम ऐतिहासिक कार्य हो ।

    २. आधार अनुरुपको संरचना
    समाजको आधार आर्थिक उत्पादन प्रणाली हो । त्यसैले आर्थिक आधार जस्तो हुन्छ, त्यसै अनुरुपको संरचना बन्दछ । मानिसले आधार जस्तो बनाउँछ, अरु सामाजिक, राजनितिक सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । सामाजिक सम्बन्धहरु उत्पादक शक्तिसँग घनिष्ठ रुपमा जाडिरहेका हुन्छन । उत्पादन पद्धतिमा पारिवर्तन गर्दा जीविकोपार्जनको तरिकामा पनि परिवर्तन आउँछ । यसले सारा सामाजिक सम्बन्धलाई पनि परिवर्तन गर्दछ ।

    ३. वर्गीय समाज परिवर्तनको मूल सम्वाहक वर्गसंघर्ष हो ।
    मार्क्स र एंगेल्सका अनुसार आजसम्म अस्तित्वमा आएका सबै समाजको सम्पूर्ण लिखित इतिहास वर्गसंघर्षको इतिहास हो । वर्गीय समाजको मुल विभेद वर्गीय विभेद हो । अन्य विभेद सहायक वा गौण हुन् । वर्गीय विभेद अन्त्य गर्ने मुल माध्यम वर्गसंघर्ष हो ।

    ४. अस्तित्वद्वारा चेतनाको निर्धारण हुन्छ ।
    भौतिक परिवेशले चिन्तनको निर्माण र विकासलाई आधार प्रदान गर्दछ । मार्क्सका अनुसार मानिसको चेतनाले उनिहरुको अस्तित्व निर्धारण गर्ने होइन बरु उनीहरुको भौतिक अस्तित्वले चेतनाको निर्धारण गर्दछ । त्यसैले चेतनाको आधार भौतिक अस्तित्व हो ।

    ५. इतिहासका निर्माता श्रमजिवी जनता
    श्रमजिवि जनताले मानवीय जीवन निर्वाहका वस्तु वा साधनको उत्पादन, भौतिक संरचना निर्माण, श्रमका औजारको निर्माण र परिमार्जन, वौद्धिक मूल्यहरुको सिर्जना, सामाजिक–राजनीतिक संगठन निर्माण परिचालन तथा परिवर्तनका निम्ति संघर्ष सञ्चालन जस्ता कार्यहरु गरेर समाज र समाजको इतिहास निर्माण गर्ने कार्य गर्दछन् । त्यसैले उनीहरु नै इतिहासका निर्माता हुन् ।

    ६. निष्कर्ष
    दर्शनको अध्ययन बेगर सही दृष्टिकोण निर्माण हुन सक्दैन । माक्र्र्सवादी दर्शन सही दृष्टिकोण निर्माण गर्ने मुख्य साधन हो । दर्शन वा मार्क्सवादी दर्शनको बारे यो सानो आलेखमा व्याख्या गरेर सकिने विषय होइन । यो वृहत विषय हो । यहाँँ निकै संक्षिप्त रुपमा यसलाई परिचित गराउने कोशिस मात्र गरिएको छ ।
    (लेखक राष्ट्रिय जनमोर्चा, दाङका अध्यक्ष हुुनुहुन्छ)

    बिहिबार, असार २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.